४ पुस २०८२, शुक्रबार | December 19, 2025

बैंकको व्याजदरले डिप्रेसनको खतरा



भक्तपुर । बैंकको चर्को व्याजदरले व्यवसायीहरूमा डिप्रेसनको खतरा भएको सरोकारवालाहरूले बताएका छन् ।

भक्तपुर उद्योग वाणिज्य संघले दीपावली, नेपाल संवत ११४३ को अवसरमा आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

संघका भक्तपुर अध्यक्ष शिवप्रसाद मानन्धरले बैंकले मनपरी ब्याज बढाउँदा व्यवसायीहरुलाई डिप्रेसन हुन थालेको बताए । ‘हामीलाई राति निद्रा लाग्न छोडेको छ,’ उनले भने, ‘यही कारण व्यवसायी पलायन र व्यवसाय नै धराशयी हुने अवस्था आयो ।’

बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको ब्याजदरले लगानी गर्न व्यापारी तथा व्यवसायीहरुलाई निरुत्साहित गर्ने भन्दै उनले वाणिज्य बैंकहरुलाई ज्ञापनपत्रसमेत बुझाएको स्मरण गरे । संघको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सम्मिलित टोलीले भक्तपुरस्थित विभिन्न वाणिज्य बैंकका शाखामार्फत ज्ञापनपत्र बुझाएको उनले सुनाए ।

मानन्धरका अनुसार बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, मेघा बैंक, नबिल बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एसिया, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंकका भक्तपुरस्थित शाखाका शाखा प्रमुखहरुलाई ज्ञापनपत्र बुझाइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १२ : १२ बजे

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,