१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपाल भाषाका सात भित्तेपात्रोले लिए पञ्चाङ्ग निर्णायक समितिसँग स्वीकृति



काठमाडौं । नेपाल संवत्को नयाँ वर्ष ११४३ का लागि सात वटा भित्तेपात्रोले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग प्रकाशनको स्वीकृति लिएका छन् ।

चन्द्रमासअनुसार प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदादेखि नेपाल संवत्को नयाँ वर्ष सुरु हुन्छ । यस वर्ष कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत्को नयाँ वर्ष ११४३ सुरु हुँदैछ ।

मन्त्रिपरिषद्ले २०७७ पुस २० गते पञ्चाङ्ग निर्णायक समितिको गठन आदेश स्वीकृत गरेको थियो । गठन आदेशअनुसार नेपालबाट प्रकाशन हुने पात्रो ९पञ्चाङ्ग० र भित्तेपात्रो (क्यालेन्डर)ले प्रकाशन गर्नुअघि समितिको स्वीकृति लिनुपर्ने व्यवस्था छ । समितिको स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रो अध्ययन गरी कारबाही गर्न अनुगमन उपसमिति पनि गठन गरिएको छ ।

नेपालका सबै जातजातिको नयाँ वर्षमा निस्कने पात्रो एवं भित्ते पात्रोले समितिसँग स्वीकृति नलिए कारबाहीका लागि सिफारिस गर्ने गरी तयारी गरिएको उपसमितिका सदस्यसमेत रहेका समितिका कर्मचारी खिलहरि घिमिरेले जानकारी दिए । नेपाल भाषाको भित्ते पात्रोका लागि नेवा : देय् दबु चन्द्रागिरि नगरपालिका–१२, बलम्बु, ललितपुर महानगरपालिका–२८ र २९ कार्यालय, हरिसिद्धि, हलिं नेवा : गुठी, मूज्याकु थक्वा : इमाद्वों नेवा : दबु, महालक्ष्मी नगरपालिका–१, नेपाली कांग्रेस भक्तपुर नगर समिति, ज्यापू समाज यल, ललितपुर, श्रीकृष्ण सिर्जनशील नेवा : खलः खैरेनीटार, तनहुँले स्वीकृति लिएको उनले बताए ।

भित्तेपात्रो प्रकाशन गर्न सातै संस्थाले रु पाँच हजारको रसिद काटेर स्वीकृति लिएका हुन् । स्वीकृति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोलाई कारबाही गर्न समितिले मस्यौदाका रुपमा बनाएका कार्यविधि हाल स्वीकृतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पेश गरिएको समितिका सदस्य सचिवसमेत रहनुभएका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

मन्त्रालयको सुझाव प्राप्त भएपछि कार्यविधिलाई अन्तिम रुप दिई कार्यान्वयनमा ल्याइने जनाइएको छ । कार्यविधि स्वीकृति भएपछि स्वीकृति नलिने सबै पात्रो र भित्तो पात्रोका प्रकाशक कारबाहीमा पर्ने भएका छन् । पात्रो र भित्ते पात्रोमा फरक फरक तिथि, मिति, साइतलगायत विषयवस्तु उल्लेख गरिएको भन्दै सरकारले यस्तो व्यवस्था गरेको हो । तिथि, मिति फरक पर्दा चाडपर्वका नाउमा एकरुपता नभई समस्या आउने गरेको थियो ।

रासस

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १२ : ३६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा