२९ पुस २०८२, मंगलबार | January 13, 2026

बाढीपहिरोले जुम्लामा सबैभन्दा धानबालीमा क्षति



जुम्ला । बाढीपहिरोले जुम्लामा मार्सीधानका फाँटसमेत बगेका छन् । मानवीय क्षति, मूल सडकदेखि घर तथा बस्ती जोखिम भएकाले धानबालमिा भएको क्षति एकिन गरिएको छैन ।

तर पाक्नै लागेका धानका फाँट बगेपछि किसानलाई ठूलो समस्या भएको छ । यसपटक भोकमरी हुने डर भएको हिमा गाउँपालिका–१ बड्कीका लालबहादुर शाहीले बताए । सिंजा क्षेत्रमा धानवालीसहित, सिमी, मकै, कोदो र बर्खेबालीमा यसपटकको भारी वर्षाले क्षति पुर्याएको छ ।

कनकासुन्दरी–५ निवासी उपेन्द्र न्यौपानेका अनुसार १९ देखि २६ असोजसम्म पानीको सतह बढेपिछि सिंजा क्षेत्रको कनकासुन्दरीमा कुउलापाटा, लासी खेती, तल्लो दियार ज्यूलो, बाधंगागा ज्यूलो, धिमीचौर ज्यूलामा धानसहित खेतमा समेत क्षति पुगेको छ ।

बाढीपहिरोपछि क्षति बढेपछि सरकारले जुम्ला, हुम्ला, कालिकोट र मुगुलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोहीअनुसार अहिले जुम्लामा पनि राष्ट्रिय बिपत प्राधिकरणको टोली संकटग्रस्त क्षेत्रमा काममा लागेको छ । जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले सिंजा क्षेत्रमा काम गरेर पातारासी गाउँपालिकामा टोली काम खटिएको बताइन्।

लगातारको वर्षाले सिंजा क्षेत्रमा सबैभन्दा बढी क्षति भएको छ । बाढी पहिरोले मानवीय क्षतिसँगै भौतिक क्षतिले सिंजा अहिले आक्रान्त छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार जुम्लामा एक हजार नौ सय ५२ मानिस विस्थापित भएका छन् । जसमध्ये सिंजा गाउँपालिकामा सात सय २५ जना र कनकासुन्दरी, गाउँपालिकामा २९८ जना गरी १०२३ जना नागरिक विस्थापित भएका छन् । सिंजा गाउँपालिका भवनमा बाढी पसेको अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । बाढीपहिरोमा परी गत २२ र २३ असोजमा सिंजा क्षेत्रको कनकासुन्दरी गाउँपालिका–७ वारकोटेवाडामा पहिरोले एकै परिवारका पाँचजना, छिमेकी दुईजना र पुल तर्दै गर्दा सोही वडामा एकजना गरी आठजनाको मृत्यु भएको थियो ।

हिमाका तीन सय ८६ घरधुरीमा पूर्ण क्षति

हिमा गाउँपालिकामा सबैभन्दा धेरै घर क्षेति भएको तथ्यांक सार्वजनिक भएको छ । गाउँपालिकाको पछिल्लो तथ्यांकअनुसार ३८६ घरधुरी पूर्ण क्षति भएका छन् । अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार ३८६ घरधुरीका करिब एक हजारभन्दा बढी मानिस विस्थापित छन् ।

हिमाको पछिल्लो तथ्यांकअनुसार पाँच सय १९ घर आंशिक र ६ सय १३ घर सामान्य क्षति भएका छन् । हिमा गाउँपालिका–३ जोगिवाडामा एक आमा र छोरालाई घरबाट सुरक्षित स्थानमा जाँँँँँँँदै गर्दा बाढीले बगाएको थियो । स्थानीय सत्यदेवी योगी र उनका छोरालाई बाढीले बगाएको हो । आमाको शव भेटिएको र छोरा वेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार सिंजामा १५७ घरधुरी र कनकासुन्दरीमा ४६ घरधुरी बिस्थापित भएका छन् । यसरी सिंजाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा मात्रै ५८९ घर पूर्ण क्षति भएका छन् । बाढीपहिरोले सिंजामा २३६ घरधुरी, कनकासुन्दरी ६७ र हिमामा २२ घरधुरी उच्च जोखिममा छन् । सिंजामा २२० घरधुरी, कनकासुन्दरीमा १८७ घरधुरी जोखिममा रहेको प्रहरीको तथ्यांक रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ३ : ५३ बजे

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित, भोलि निर्वाचन

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

एभरेष्ट कप छात्रा भलिबलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने

बुटवल । बुटवलमा भएको एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप

बुटवलबाट करिब १३ लाख बराबरको अवैध मोबाइल सामग्री बरामद

बुटवल । नेपाल प्रहरीले बुटवलबाट करिब १३ लाख रुपैयाँ बराबरको

दलित लैङ्गिक तथा यौनिक अल्पसंख्यकका मुद्दामा रुपन्देहीमा अन्तर्क्रिया कार्यशाला

भैरहवा । दलित फ्रिडम सेन्टर लुम्बिनी प्रदेशको आयोजनामा दलित लैङ्गिक