७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

जुम्लाको आचार्यलिहिको विद्युत गृहमा पहिरो, चौकीदारका श्रीमतीसहित दुई छोराको मृत्यु



जुम्ला । जुम्लाको हिमा गाउँपालिका वडा नम्वर १ आचार्यलिहिको भित्रिखोला लघु जलविद्युतको विद्युत गृहमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

गएराति ११ बजे विद्युत गृह माथि बाट खसेको पहिरोमा परि अपरेटर गोरख बहादुर रावतकि श्रीमती र दुई जना छोराको मृत्यु भएको हो ।

अपरेटर रावत गाउँ गएको बेला एक्कासि आएको पहिरोबाट उनकि ३१ वर्षिया श्रीमती विमला रावत, ९ वर्षिय छोरा भरत रावत र ७ वर्षिय छोरा सुर्य रावतको घटनास्थलमै मृत्यु भएको बड्की प्रहरी चौकिका राम प्रसाद चौंलागाईले जानकारी दिए ।

विद्युतको ट्याङ्कीमा पानी ओभरलोड भएपछि विद्युत गृहमाथि खस्दा पहिरो आएको उनले बताए । अपरेटर विद्युत मर्मतका लागि गाउँ पुगेकोले उनी बाँच्न सफल भए, तर श्रीमतीसहित तिनजना गुमाए । राति ११ बजे झ्याप्प बत्ती गएपछि, अपरेटर हतार हतारमा विद्युत गृहमा पुगे, पहिरो आएको देखेपछि अत्तालियर उद्दारका लागि अनुरोध गर्न गाउँ पुगे, तर तिनै जनाको मृत्यु भइसकेको रहेछ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ७ : ५५ बजे

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ