२१ भदौ २०८३, आइतबार | September 6, 2026

नेपालगन्जमा मोटरसाईल र्‍याली गरेर नेपाल सम्वतको स्वागत, कार्यक्रमस्थलमा भोट माग्ने उम्मेदवारको भिड (फोटो फिचर)



नेपालगन्ज । नेपालीहरुको मौलिक सम्वत, नेपाल सम्वत ११४३ का अवसरमा नेपालका बिभिन्न स्थानहरुमा बिबिध कार्यक्रमहरु गरि स्वागत गरिएको छ । शंखधर साँख्वाले गरिवहरुको ऋण मोचन गरेर सुरुवात गरेको नेपाल सम्वत नेपालको आफ्नै माटोमा सृजना भएको सम्वत हो । नेपाल सम्वतकै अवसर पारेर नेपालगन्जमा क्रियाशिल नेवाः संस्थाहरुले भिन्तुना मोटरसाईल र्याली गरेर नयाँ वर्षलाई स्वागत गरेका छन् ।

नेवाः दय: दबु र नेवाः पुच सहितको संस्थाको आयोजनामा भएको मोटरसाईल र्याली नेपालगन्जको गणेशमान चोकबाट शुरु भएर धम्बोझी, राँझा, हवल्दारपुर, पिपरी हुँदै कोहलपुर स्थित भिमशेन मन्दिरमा पुगेर समापन गरिएको छ । र्यालीको नेवाः दय दबुका बाँके अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र नेवाः पुच बाँकेका अध्यक्ष जितेन्द्र कुमार जोशीले संयुक्त शुभारम्भ गरेका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभा नजिकिँदै गएको अवस्थामा गरिएको र्यालीमा नयाँ वर्षको शुभकामना दिन उम्मेदवारहरु बिहानै गणेशमान चोक पुगेका थिए । बाँके २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु जसपाका नेता मोहम्ममद इश्तियाक राई, एमाले राप्रपा गठबन्धनका उम्मेदवार तथा राप्रपाका नेता डा. धवलशम्सेर जवरा तथा सत्ता गठबन्धनका उम्मेदवार काँग्रेस नेता सदिप नरसिंह राणा कार्यक्रम स्थल पुगेर नयाँ वर्षको शुभकामना आदान प्रदान गरेका थिए ।

प्रदेश तर्फका उम्मेदवार कांग्रेसका सुरेन्द्र हमाल, अक्कल बहादुर बम, निरक गुरुङ लगायतका उम्मेदवारहरु कार्यक्रम स्थल पुगेका थिए । र्याली कोहलपुर पुगेसँगै कोहलपुर स्थित भिमशेन मन्दिर परिषरमा क्रियापुत्री भवनको शिलान्यास गरिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ११ : १५ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका