३ चैत्र २०८२, मंगलबार | March 17, 2026

रुपन्देहीमा स्थानीय तहको निर्वाचनभन्दा धेरै म्यादी प्रहरी परिचालन



भैरहवा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी पनि परिचालन गरिएको छ ।

४ मंसिरमा हुने चुनावका लागि रुपन्देहीमा ३ हजार ९५ म्यादी खटिएका छन् । जसमा ८ सय ६१ महिला र २ हजार २ सय ३४ पुरुष रहेका छन् ।

स्वास्थ्य र शारीरिक तन्दुरुस्ती परीक्षण, शारीरिक व्यायाम परीक्षण, लिखित र अन्तर्वार्ताबाट म्यादी प्रहरी छनोट गरि म्यादी प्रहरी भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यो संख्या ३० वैशाखमा स्थानीय तहको निर्वाचनमा खटिएको म्यादी प्रहरीको जनशक्तिभन्दा धेरै हो । त्यतिखेर रुपन्देहीमा २ हजार ३ सय ६० म्यादी प्रहरी खटिएका थिए । अहिले यो संख्या ७३५ ले बढेको छ ।

निर्वाचनमा एउटै मतदान केन्द्रमा चार वटा मतपेटिका हुने भएकाले म्यादी प्रहरीको जनशक्ति थपिएको बताइएको छ ।

रुपन्देहीमा २ सय ८ वटा मतदान केन्द्र छन् । त्यहाँको सुरक्षा, कार्यालयको सुरक्षा, गस्ती, मोबाइल गाडी र आवश्यकता अनुसार म्यादी प्रहरीलाई परिचालन गरिने अर्यालले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १० : ०९ बजे

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै

रवि लामिछानेविरुद्धको रिटमा आज पनि निरन्तर सुनुवाइ हुने

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका