१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

रुपन्देहीमा स्थानीय तहको निर्वाचनभन्दा धेरै म्यादी प्रहरी परिचालन



भैरहवा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी पनि परिचालन गरिएको छ ।

४ मंसिरमा हुने चुनावका लागि रुपन्देहीमा ३ हजार ९५ म्यादी खटिएका छन् । जसमा ८ सय ६१ महिला र २ हजार २ सय ३४ पुरुष रहेका छन् ।

स्वास्थ्य र शारीरिक तन्दुरुस्ती परीक्षण, शारीरिक व्यायाम परीक्षण, लिखित र अन्तर्वार्ताबाट म्यादी प्रहरी छनोट गरि म्यादी प्रहरी भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यो संख्या ३० वैशाखमा स्थानीय तहको निर्वाचनमा खटिएको म्यादी प्रहरीको जनशक्तिभन्दा धेरै हो । त्यतिखेर रुपन्देहीमा २ हजार ३ सय ६० म्यादी प्रहरी खटिएका थिए । अहिले यो संख्या ७३५ ले बढेको छ ।

निर्वाचनमा एउटै मतदान केन्द्रमा चार वटा मतपेटिका हुने भएकाले म्यादी प्रहरीको जनशक्ति थपिएको बताइएको छ ।

रुपन्देहीमा २ सय ८ वटा मतदान केन्द्र छन् । त्यहाँको सुरक्षा, कार्यालयको सुरक्षा, गस्ती, मोबाइल गाडी र आवश्यकता अनुसार म्यादी प्रहरीलाई परिचालन गरिने अर्यालले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १० : ०९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा