७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँके-१ : राष्ट्रिय खेलकुद सकेर खेलकुद मन्त्री पुगे मतदाताको घरआँगनमा, विकास नै मुख्य एजेण्डा



कोहलपुर । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) यतिबेला आफ्नो गृहजिल्लामा छन् । लामो समयदेखी रोकिएको राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक रुपमा सम्पन्न गराए लगत्तै उनि गृहजिल्ला बाँके पुगेका हुन । आसन्न निर्वाचनमा बाँके क्षेत्र नं. १ बाट प्रतिनिधी सभा पदका उम्मेदवार समेत रहेका मन्त्री गहतराज यतिबेला चुनावी मैदानमा होमिएका छन ।

०७४ सालमा बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा साँसदका रुपमा निर्वाचित भएका मन्त्री अथक पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन । भौगोलिक र जनसँख्याको हिसावले जिल्लाकै सबैभन्दा ठुलो निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै आएका अथक दोस्रो पटक साँसदका रुपमा दोहोरीने प्रयासमा जुटेका छन् ।

कोहलपुर नगरपालिका वडा नं. ५ स्थित भाडाको घरमा बस्दै आएका उनी प्राय स्थानियको घरआँगनमा भेटिन्छन् । सामान्य रुपमा चुनावी गतिविधि गरीरहेका अथकले चुनावी सभालाई भन्दा बढि ब्यक्तिगत भेटघाटलाई महत्व दिदैै आएका छन् । पाँच दलिय गठबन्धनबाट साझा उम्मेदवार बनेका उनलाई नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले समर्थन रहेको छ ।

तीन वटा पालिका (कोहलपुर, राप्तीसोनारी र नरैनापुर) मिलेर बनेको बाँके निर्वाचन क्षेत्र नं. १ मा १ लाख २१ हजार १०० मतदाता रहेका छन । उक्त निर्वाचन क्षेत्र भौगोलिक दृष्टिकोणले देशकै ठुलो निर्वाचन क्षेत्र मध्येको एक हो ।

अघिल्लो पाँच वर्षे कार्यकालमा उक्त निर्वाचन क्षेत्रमा भए गरेका विकासका काम र आगामी दिनमा गर्नुपर्ने कामको बारेमा मतदाताहरुसँग छलफल गर्ने क्रममा मन्त्री गहतराजले विकास नै आफ्नो सबैभन्दा ठुलो एजेण्डा रहेको बताउने गरेका छन ।

आफ्नो पाँच वर्षे कार्यकालमा क्षेत्र नम्बर १ को विकास गर्दा पक्षपात नगरेर काम गरेको उनको दाबी छ । “क्षेत्र नम्बर १ का बिद्यालयको शैक्षिक सुधार कार्यक्रमका साथै यहाँको आधारभुत आवश्यकता सडक, बिजुली, सिचाइँ, खानेपानी, पुल पुलेसा, कटान तथा डुवान नियन्त्रण गर्न उल्लेखनीय काम भएका छन” उनले भने ।

चुनाव जित्नु ठुलो कुरा नभएको बताउँदै उनले मुलुक प्रतिको ईमान्दारिता सबैभन्दा ठुलो कुरा भएकाले राष्ट्रियता र संविधानको रक्षाकालागि पाँच दलिय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गरे ।

बाँके क्षेत्र नं. १ मा मन्त्री अथकसँगै प्रदेश सभा (क) मा कृष्णा केसी (नमुना) र प्रदेश सभा
(ख) मा फुलाराम थारु पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेका छन ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  २ : १८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज