७ आश्विन २०८३, बुधबार | September 23, 2026

भैंसेपाटी पुगेर पम्फा भुसालले वामदेव गौतमसँग मागिन् भोट



काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ कि उम्मेदवार माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले वामदेव गौतमसँग भोट मागेकी छन् ।

भैंसेपाटीस्थित गौतम निवासमा पुगेर भुसालले भोट मागेकी हुन् । एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका गौतम पछिल्लो समय राजनीतिक सक्रिय छैनन् ।

एमाले विभाजनपछि एमाले र नेकपा एकीकृत समाजवादीमा नगई वाम एकताको पक्षमा लागेको बताउने गौतम देश चुनावमय हुँदा निस्क्रिय देखिन्छन् ।

उनै गौतमलाई भेटेर भुसालले आफूलाई मत दिन र चुनावमा सघाउन आग्रह गरेकी हुन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी भुसालले २०६४ र २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । तर, २०७० सालको निर्वाचन भने उनी सम्मिलित पार्टीले बहिस्कार गरेको थियो ।

यसपटक गठबन्धनको समर्थनसहित उनी चुनावी मैदानमा छिन् । हाल राजनीतिमा सक्रिय नरहेका र कतै नदेखिएका गौतमलाई भेटेर उनले आफूलाई सहयोग गर्न आग्रह गरेकी हुन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ४ : ०३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई