७ आश्विन २०८३, बुधबार | September 23, 2026

एकीकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका राम बहादुर चौहानले पारे आफ्नो उम्मेदवारी निष्क्रिय



अर्घाखाँची । अर्घाखाँची जिल्लाको प्रदेशसभा (क) मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय बनेको घोषणा गरेका छन् ।

आइतबार राती सन्धिखर्कमा सत्तागठबन्धनको तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता चौहानले प्रतिगमनलाई परास्त गर्नु अनिवार्य भएकोले गठबन्धनलाई जिताउनका लागि आफूले उम्मेदवारी निष्क्रिय पारेका बताए ।

आफू जित्नेगरी निर्वाचनमा होमिएको भए पनि गठबन्धन हार्ने अनि प्रतिगमनले हार्ने डरका कारण आफू निर्वाचनबाट बाहिरिएको चौहानले बताए । नेता चौहानले आफू कुनै आर्थिक प्रलोभनमा नपरेको समेत जिकिर गरेका थिए ।

अर्घाखाँची प्रदेशसभा (क) मा राष्ट्रिय जनमोर्चाका नेता सागर केसी चुनावी मैदानमा छन् । माओवादी केन्द्रबाट उम्मेदवारी दिएका ठाकुर कुमार कि।क।ले केसीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गरेका थिए ।

गठबन्धनबाट उम्मेदवार बनेका पुष्पा भुसाल र प्रदेशसभा ख का उम्मेदवार कमल भुसाललाई हामीले पहिले नै समर्थन गरेका थियौं । नेता चौहानले भने तर प्रदेशसभा क मा हाम्रो दाबी थियो । हामीले कुनै लोभ प्रपञ्चमा परेर होइन, प्रतिगमन परास्त गर्नका लागि उम्मेदवारी निष्क्रिय पारेको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ९ : ०४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज