६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश संयोजक ज्ञवालीले छाडे ‘घण्टी’को साथ



बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश संयोजक सुजन ज्ञवालीले स्वतन्त्र पार्टी परित्याग गरेका छन् । एमाले परित्याग गरी स्वतन्त्र पार्टीमा प्रवेश गरेका ज्ञवाली पुनः एमालेमै फर्किएका छन् ।

आइतबार विज्ञप्ती जारी गर्दै ज्ञवालीले केही समय अगाडि आएको स्वतन्त्र पार्टीको हावाले आफूलाई पनि छोएको तर बुझ्दै जाँदा सबै भ्रम रहेको पुष्टि भएपछि सो पार्टीमा रहनुको अर्थन नदेखेर परित्याग गरेको जनाएका छन् । साढे दुई महिना सो पार्टीको लुम्बिनी प्रदेशको नेतृत्व तहमा बसेपछि प्राप्त भएको अनुभवले एमाले नै सच्चा पार्टी ठानेर पुरानै घर फर्किएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

“करिब अढाई महिना राष्ट्रिय स्वतन्त्र पार्टीको प्रादेशिक नेतृत्वमा रहेर हेरे, बुझे र अनुभव गरे । त्यति मात्र नभइ केन्द्रका गतिविधि नजिकबाट नियाले । तर यथार्थ त्यो रहेनछ, केबल भ्रम मात्र रहेछ”–उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : १९ बजे

बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, अन्य २ जना घाइते

बुटवल । बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको

बैंगलुरु आइपिएलको प्लेअफमा प्रवेश

काठमाडौं । चेन्नइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ

आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु