१५ असार २०८३, सोमबार | June 29, 2026

एमालेकै पालामा देश सुरुङ युगमा प्रवेश : प्रदीप ज्ञवाली



बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशलाई सुरुङ युगमा प्रवेश गराउने काम एमालेकै सरकारको पालामा सुरु भएको बताएका छन् ।

काठमाडौंंको नागढुंगामा एमालेकै पालाबाट सुरुङ निर्माण सुरु भएको बताउँदै उनले बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्गको डिपिआरको काम पनि एमालेकै पालामा भएको बताए ।

गुल्मी १ का प्रतिनिधिसभाका उम्मेदवार ज्ञवालीले विभिन्न स्थानमा आयोजित घरदैलो कार्यक्रमलाई सम्वोधन गर्दै भने, ‘देश अहिले सुरुङ युगमा प्रवेश गरेको छ, यसको आधार एमालेकै सरकारले तयार गरेको हा ।’

ज्ञवालीले तराईमा सशस्त्र संघर्ष गरी हिंसा मच्चाइरहेका समूहलाई पनि एमालेकै सरकार हुँदा देशको मूलधारको शान्तिपूर्ण राजनीतिमा ल्याएको दावी गरे । ‘तराईमा द्वन्द्व चर्काएका सिके राउत लगायतका समूहलाई शान्तिको बाटोमा ल्याउन सफल भयौंं, यो एमाले नेतृत्वको सरकार हुँदा संभव भएको हो’, उनले भने ।

मधेश केन्द्रित दलहरुले संविधान जलाइरहेको र सिके राउतले मधेशमा द्वन्द्व चर्काउँदै गरेको स्मरण गर्दै ज्ञवालीले भने, ‘विप्लव शान्ति प्रकृया बाहिरै थिए तर जब नेकपाको सरकार बन्यो विगतका सबै द्वन्द्व समाधान भए ।’

उनले मुलुकलाई द्वन्द्वबाट मुक्त बनाउन एमाले नेतृत्वको सरकारले सफलता पाएको दावी गर्दै शान्ति, स्थिरता र विकासका लागि एमालेको जित मुलुकले खोजिरहेको बताए ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले एमालेको राष्ट्रियताको अडानकै कारण देशले नयाँ नक्सा पाएको बताए । ुकालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा बनाएका छौं, साना तीना धक्काले देश झुक्दैन भन्ने प्रमाणित गरेका छौं, उनले भने ।

देशको भूभागमाथि आफ्नो वैधानिक दाबीमात्र प्रस्तुत नगरी औपचारिक रुपमा वार्ताको थालनी समेत गरेको अवस्थामा विभिन्न षडयन्त्रपूर्वक सरकार ढालिएको उनको भनाई छ ।

नेकपाको नेतृत्वमा साढे तीन बर्ष सरकार चलेको बताउँदै उनले त्यस अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशले विकासमा फड्को मारेको उल्लेख गरे । उनले नेकपा नेतृत्वको तीन बर्षको सरकार इतिहासकै सफल सरकारको रुपमा रहेको दावी गरे । ज्ञवालीले अहिले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा केन्द्रित छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ११ : ४३ बजे

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

झापा । असारको मध्य महिना किसानका लागि वर्षभरि खाने अन्नबाली

आज असार १५ : राष्ट्रिय धान दिवस, दही-चिउरा खाएर मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६

मनसुनी वायुको प्रभाव कायमै, देशका धेरै स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायुको प्रभाव कायम रहँदा

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि