१८ माघ २०८२, आइतबार | February 2, 2026

ओलीको प्रतिवाद गर्दा पार्टी छोड्न बाध्य भएँ : घनश्याम भुसाल



रुपन्देही । प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान च्यात्न खोजको र त्यसको प्रतिवाद गर्दा आफू पार्टी छोड्न बाध्य भएको दावी गरेका छन् । घरदैलो अभियानका क्रममा उनले मंगलबार यस्तो बताएका हुन् ।

उनीसँगै प्रदेशसभा सदस्य पदका उम्मेदवारद्धय अब्दुल रज्जाक र विश्वनाथ यादवले पनि रोहिणी, ओमसतिया गाउँपालिका तथा तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा घरदैलो अभियानलाई निरन्तरता दिइरहेका हुन् ।

उम्मेदवारहरूले रोहिणीका वडा नम्बर ४, ५ र ६ ओमसतियाको ६, तिलोत्तमाको ८ र १२ तथा देवदह नगरपालिका(१० मा सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार नेता भुसालले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, बाटोघाटो तथा भौतिक निर्माणका काममा तिव्रता दिने बताए । उनले सुकुम्मबासी समस्याको समाधान गरिने पनि बताए । सुकम्बासी समाधानबारे गहन अध्ययन थालिसकेको उनको भनाइ छ ।

एमाले परित्याग गरेर गठबन्धनको समर्थनमा त्रिभुज चुनाव चिन्ह लिएर रुपन्देही १ मा उम्मेदवार बनेका नेता भुसालले संविधान रक्षाकै लागि गठबन्धनको समर्थनमा उम्मेदवार बनेको बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १ : २६ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन