२१ माघ २०८२, बुधबार | February 4, 2026

प्रधानमन्त्री देउवा धनगढीमा : निवासमै कार्यकर्तासँग भेट गर्ने



धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर दउवा धनगढी पुगेका छन् । आफ्नो निर्वाचन क्षेत्र रहेको डडेल्धुरा जानुअघि बुधबार देउवा धनगढी पुगेका हुन् । धनगढी-४ स्थित आफ्नै निवासमा बसेका उनले यहाँका कार्यकर्तासँग भेटघाट गर्दै छन् ।

कैलाली-५ को प्रदेश सभा (ख) बाट प्रकाश देउवाले उम्मेदवारी दिएका छन् । उनी प्रधानमन्त्री देउवाका भतिजासमेत हुन् । देउवाले बुधबार धनगढीमै बस्ने देउवा बिहीबार आफूले उम्मेदवारी दिएको क्षेत्र डडेल्धुरा जाने छन् । डडेल्धुरामा ४ दिनसम्म उनले चुनावी गतिविधि सञ्चालन गर्ने छन् ।

सरकारी श्रोत प्रयोग नगर्न देउवालाई आयोगको चेतावनी निर्वाचन प्रचारप्रसारका लागि डडेल्धुरा जान थालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी श्रोतसाधनको प्रयोग नगर्न निर्वाचन आयोगले चेतावनी दिएको छ । सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा डडेल्धुरा जान अनुमति दिएको आयोगले सरकारी श्रोत साधनको प्रयोग गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पत्र पठाएर प्रधानमन्त्री देउवा डडेल्धुरा आउन अनुमति मागेको थियो । तर, आयोगले सरकारी स्रोत साधन प्रयोग गरेर जान नपाइने भन्दै अनुमति दिएको थिएन ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : २५ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता