४ पुस २०८२, शुक्रबार | December 20, 2025

सप्तरीमा निर्वाचन आचारसंहिताको खिल्ली, सरकारी डाक्टर उपेन्द्र यादवको प्रचारप्रसारमा



सप्तरी । निर्वाचन आचार संहिताअनुसार सरकारी र सार्वजनिक संस्थामा कार्यरत व्यक्तिले कुनै पनि प्रचारप्रसार वा भोट माग्दै हिड्नु हुँदैन् । यस्ता व्यक्ति निश्पक्ष बसेर मतदातालाई उनीहरूको मतको सही प्रयोग गर्नु पर्छ । तर, सप्तरीका निर्वाचन क्षेत्रहरूमा भने यस्तो अवस्था छैन । यहाँका कर्मचारी र सार्वजनिक संस्थामा कार्यरत व्यक्ति नै आफूअनुकुलको उम्मेदवार जिताउन अग्रमोर्चामा कुदिरहेका छन् ।

डा. रञ्जित झा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक हुन् । उनी अहिले जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई जिताउन रातदिन निर्वाचन क्षेत्रमा खटिरहेको भेटिन्छ । उनलाई कार्यालयमा भन्दा पनि अचेल सप्तरी क्षेत्र नम्बर २ तिर प्रचार प्रसार गरिरहेको भेटिने स्थानीयको भनाई छ ।

यादवको फेसबुक एकाउण्टमा पोष्ट गरिएको भिडियोमा पनि डा। झाले जसपाका नेता कार्यकर्ता माझ प्रशिक्षण दिए झै गरेको प्रष्ट देखिन्छ ।

डा. झाकी दिदी रञ्जु ठाकुर पनि जसपाबाट प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार छिन् । नेपाल सरकारको तलब खाने डा। झाले उपेन्द्र यादवको सामाजिक सञ्जाल एकाउण्टमार्फत आम मतदातालाई गजेन्द्रनारायण सिंह अस्पतालको नायकको रुपमा प्रस्तुत गर्नु निर्वाचन आचार संहिताको विपरीत रहेको स्थानीयको भनाइ छ ।

यसअघि राजविराज नगरपालिकाका अधिकृत मनोजकुमार यादवले खुल्लेआम यादवको प्रचारमा लागेपछि उनलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको थियो ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  २ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको