१ बैशाख २०८३, मंगलबार | April 14, 2026

आचारसंहिता उल्लंघन गर्ने विरुद्ध ‘एक्सन’मा निर्वाचन आयोग, वडा अध्यक्षलाई जरिवाना

नाबालिकालाई चुनावी गितमा नचाउने गृहमन्त्रीलाइ उन्मुक्ति !



काठमाडौं । काठमाडौं महानगर वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं. ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टी भएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो ।

रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो । रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९को उल्लंघन गरेको कार्य पुष्टी भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको छ ।

अहिलेसम्म स्पष्टीकरणमा केन्द्रीत आयोगको नगद जरिवाना सहित आचारसंहिता उल्लँघनको यो नै पहिलो कारवाही हो ।

उता आजै निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका दाङ क्षेत्र नं. ३ का नेकपा (एमाले) उम्मेदवार कोमल वलीलाई निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था छ ।

‘तपाईंले निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?’ आयोगको स्पष्टीकरणमा भनिएको छ ।

आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय दाङमा प्राप्त हुने गरी जवाफ पठाउन उम्मेदवार वलीलाई निर्देशन दिएको छ ।

यता रुपन्देही ३ का उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाणको प्रचार कार्यक्रममा नाकालिकाले नृत्य गरेको भिडियो सहितको समाचार सार्वजनिक भएपनि खाणलाई भने आयोगले उन्मुक्ति दिएको छ । रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका खाणले गत मंगलबार सिद्धार्थनगर नगरपालिका वडा नं. ७ मा आयोजित चुनावी प्रचार कार्यालय उद्घाटन कार्यक्रममा बालिकालाई चुनावी गितमा नचाएका थिए। सिद्धार्थनगरको एक विद्यालयमा कक्षा ६ मा पढ्ने ति बालिका नेपाली कांग्रेसको चुनावचिन्ह अंकित झण्डा बोकेर नाँचिरहँदा गृहमन्त्री खाण सहित गठबन्धनका प्रदेशसभाका उम्मेदवार तथा अन्य नेता कार्यकर्ताहरुले बालिकाको नृत्यमा मनोरञ्जन लिएका थिए।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ८ : ४६ बजे

सृजना जलेर मृत्यु प्रकरण : थप २ जना पक्राउ

नेपालगन्ज । गत चैत्र १४ गते नेपालगन्जमा जलेर मृत्यु भएकी

यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८२ समग्रमा सुखद

गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन, १५ दिनमा सम्पन्न हुँदै सडक निर्माण

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका

२०८२ सालको खेलकुदलाई फर्केर हेर्दा

काठमाडौँ । २०८२ सालमा नेपालको खेलकुद गतिविधि उपलब्धिका हिसाबले समग्रमा

देवदहलाई दोस्रो सौभाग्य गोल्डकप फुटबलको उपाधि

बुटवल । बुटवलमा सम्पन्न शहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य