२१ माघ २०८२, बुधबार | February 5, 2026

एमालेलाई भोट माग्ने नैतिक अधिकार छैन : चित्रबहादुर केसी


२१ कार्तिक २०७९, सोमबार  

299
Shares

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले)लाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । आज बागलुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पटक–पटक संसद्लाई भत्काउनेलाई भोट दिन नहुने बताए ।

सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधिसभामा बागलुङ–१ का उम्मेदवारसमेत रहेका केसीले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै मङ्सिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गरे । केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने र राजतन्त्र फर्कने हुँदा यसलाई रोक्न जनता अग्रसर हुनु पर्नेमा उनको जोड थियो ।

“एमालेलाई अब भोट माग्ने अधिकार छैन, केपीले नैतिक अधिकार गुमाइसके, पटकपटक संसद् भत्काउनेलाई अब जनताले सबक सिकाउने छन्”, अध्यक्ष केसीले भने, “गठबन्धन संविधानको रक्षा र लोकतन्त्र बचाउन बनेको हो, अहिले जति कराए पनि मङ्सिर ४ पछि प्रतिगमन टाउको उठाउन नसक्ने गरी ढल्नेछ, नेपाली जनताले ओलीलाई चिनिसके ।”

उनले आगामी निर्वाचन प्रतिगमन र अग्रगमनका बीच प्रतिस्पर्धा हुने पनि बताए । प्रतिगमनको विरुद्धमा र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको हुँदा सहजरूपमा चुनाव जित्ने केसीको दाबी छ । नेता केसीले संसद्मा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताए । जनता विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै राष्ट्रिय योजनालाई पूरा गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए । आफू यसपटक प्रतिगमनलाई परास्त गर्न र जनजीविकाको पक्षमा संसद्मा आवाज उठाउन चुनावमा होमिएको समेत उनले बताए ।
–––

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  १० : ०२ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता