२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

ऊर्जामन्त्रीविरुद्ध सामाजिक सञ्जालमा लेख्ने विद्युत नियमन आयोगका अध्यक्षलाई आयोगको स्पष्टीकरण



काठमाडौं । विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह विवादमा तानिएका छन् । ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसालविरुद्ध सिंहले सामाजिक सञ्जालमा पोष्ट गरेको पाइएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो ।

सिंहलाई उर्जामन्त्रीले गरेका जलविद्युत क्षेत्रका गलत क्रियाकलाप भनी १० वटा बुँदा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । उक्त दफाको खण्ड (झ) मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था छ ।

‘निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले आफ्नो सामाजिक सञ्जालमा ललितपुर जिल्लामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका ऊर्जामन्त्रीविरुद्ध सामग्री राख्नुभएको होइन भन्ने आधार प्रमाण के छ ?,’ स्पष्टीकरणपत्रमा भनिएको छ, ‘तपाईंले आफ्नो सामाजिक सञ्जालमार्फत ललितपुर जिल्लामा उम्मेदवार रहनुभएको व्यक्तिविरुद्ध निर्वाचन प्रचारप्रसार गर्ने कार्य गर्नुभएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० बमोजिम किन कारबाही हुनु नपर्ने हो ?’ पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : ०३ बजे

ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी

बागलुङ । प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला

चारलेन सडक निर्माणसँगै खजुराबजारको फेरिएको मुहार

बाँके । विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक

सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुने

काठमाडौं । कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा हो : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा

नेपाल संवत्ले आपसी एकता, सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने गगन थापाको विश्वास

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग