२१ भदौ २०८३, आइतबार | September 6, 2026

बाँकेमा सुरु भए ऐतिहासिक मेला


२२ कार्तिक २०७९, मंगलबार  

3.2k
Shares

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकस्थित जोगागाउँ र गुरुवागाउँमा ऐतिहासिक मेला सुरु भएका छन् ।

कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका वडा नं २ जोगागाउँ र वडा नं ५ गुरुवागाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ । आजदेखि सुरु भएको मेला तीन दिनसम्म सञ्चालन हुने जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए ।

उहाँका अनुसार पुराना मेलाका रूपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट भक्तजन आउने गर्दछन् ।

मेलाका क्रममा सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछ । ऐतिहासिक मेलाको संरक्षणका लागि आफूहरूले आवश्यक सहयोग गर्दै आएको अध्यक्ष खाँले बताए । गुरुवागाउँ मेलामा हुने भेडा जुधाइ प्रतियोगिता हेर्न दर्शकको घुइँचो लाग्ने गरेको स्थानीय अगुवा पूर्ववडाध्यक्ष रमेश बर्माले बताए ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं २ टिकुलीपुरमा सोमबारदेखि तीनदिने डिग्रे मेला सुरु भएको छ । सिद्ध साइकुमारी मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन हुने गरेको राप्तीसोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्र वलीले जानकारी दिए ।

¬यसैबीच कार्तिक शुक्ल पूर्णिमाका अवसरमा राप्तीको सिधनिया घाटमा पनि मेला लागेको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा राप्ती नदीमा स्नान गरी दान दिने र पूजाआजा गर्नेको ठूलो भीड लाग्ने गरेको छ । कतिपयले स्नान गरी नदी छेउमा गौदानसमेत गर्ने गर्दछन् । गौदान गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : २० बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा