३ पुस २०८२, बिहिबार | December 18, 2025

सीपी मैनाली नेतृत्वको मालेले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव अघि बढाउने



काठमाडौं । नेकपा (माले)ले बाह्य हस्तक्षेप र आर्थिक सङ्कटको चुनौतीबाट मुलुकलाई उकास्न राष्ट्रवादी शक्ति गोलबद्ध हुन आवश्यक रहेको जनाएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा मुलुक, राजनीतिक स्थायित्व, लोकतन्त्र र जनहित लागि जनआलोच्य संवैधानिक प्रावधानलाई परिवर्तन गर्ने अभियानमा जुट्न मालेले अपिल गरेको छ ।

विभिन्न समयमा भएका राजनीतिक परिवर्तनसँगै आएका बाह्य अवाञ्चित प्रभाव र हस्तक्षेपले राज्य कमजोर बनेको उल्लेख गर्दै पार्टीले जनजीविकामा सुधार र देश विकासका लागि सही नीति अपनाउन आह्वान गरेको छ ।

चुनाव चिह्न हँसिया तारा रहेको उक्त पार्टीले जारी गरेको अपिलमा भनिएको छ, “देशभक्त प्रगतिशील लोकतान्त्रिक शक्ति निर्माण गर्दै साझा एजेण्डा लागू गर्नु नै वर्तमानमा देशलाई अप्ठेरोबाट उद्धार गर्नु हो ।” निर्वाचनमा मतदान गर्नुअघि गम्भीर भई निर्भिकताका साथ मताधिकार प्रयोग गर्न आग्रह गर्दै पार्टीका महासचिव सिपी मैनालीले पार्टी विजयी भएमा लोककल्याणकारी अर्थतन्त्र अघि बढाउन र रोजगारीका लागि विदेश गएका नागरिकलाई स्वदेश फर्केर काम गर्न वातावरण बनाउने प्रतिबद्धता जाहेर गरे ।

भ्रष्टाचार भएको अकुत सम्पत्तिलाई अभियानकै रुपमा छानबिन गरी असुलउपर गरिने अठोट गर्दै उक्त पार्टीले संवैधानिक राष्ट्र प्रमुख र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रमुख हुने प्रणालीको पक्षमा रहने जनाएको छ । नागरिकता नीति कसिलो, पूर्ण समानुपातिक निर्वाचन, पञ्चशीलको सिद्धान्त तथा असंलग्नतामा आधारित परराष्ट्र नीतिको पक्षमा पार्टी दृढताका साथ उभिँदै आएको बताउँदै महासचिव मैनालीले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव अघि बढाउने उद्घोष गरे ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ७ : ०९ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन