७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

प्युठानमा जिप दुर्घटना, ३ जनाको मृत्यु, १२ जना घाइते



प्युठान । प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

प्युठान नगरपालिका वडा नम्बर-५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिएका छन् ।

प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गएराति करिब १ बजेतिर प्युठान नगरपालिका-५ पूर्णगाउँ नजिक कुडापानीको घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

प्रहरी निरीक्षक थापामगरका अनुसार दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका-५, बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीया गोरी घर्ती, १९ वर्षीया बिरी कुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीया निमा खत्री, ३० वर्षीया जुठी महरा, १८ वर्षीया कुमारी महरा, ४१ वर्षीया नखी महरा, ४७ वर्षीया गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन् । चालक प्युठान नगरपालिका-९ का २३ वर्षीय बिनोद के.एम. सामान्य घाइते रहेका छन् ।

गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बुटवल रिफर गरिएको छ भने घाइतेमध्ये ६ जनाको बिजुवार अस्पतालमै उपचार भैरहेको छ ।

जिप सडकबाट करिब १५० मिटर तल खसेको छ । रातको समय भएकाले उद्धार कार्यमा कठिनाइ भएको स्थानीयले बताएका छन् । घटनास्थलमा नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि लगायतले उद्धार गरेका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : ३५ बजे

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली