१ आश्विन २०८३, बिहिबार | September 17, 2026

बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ८ पुग्यो



प्युठान । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

प्युठानको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप गएराति ३ बजे गौमुखी-६ ओखरपाटामा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा पाँच महिला र तीन पुरूष गरि आठ जनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जनाको अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतकको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा बेहुलासहित ५ जना गम्भिर घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेको प्रहरीले जनाएको छ । जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ९ : ०२ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग

चितवन । होटल पौवाले देशमा परेको विपद्का कारण प्रभावित नागरिकको

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९