१ माघ २०८२, बिहिबार | January 15, 2026

मतदाता रिझाउन गाउँगाउँमा उम्मेदवार, पुरानै एजेन्डा लिएर मत माग्दै



लमजुङ । मंसिर ४ गते हुने निर्वाचनको  मिति नजीकिएसगै प्रतिनिधिसभा तथा प्रदेश सभाका उम्मेदवार  गाउँगाउँ पुगेर मतदातालाई रिझाउन व्यस्त छन् । विभिन्न दलबाट उम्मेदवार बनेकाहरू मतदातालाई आश्वासन बाड्दै आफ्नो पक्षमा मत माग्न व्यस्त छन् ।

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा आफ्नो पक्षमा जित हासिल गर्न लमजुङमा रहेका दलहरू एजेन्डासहित गाउँगाउँ पुगेका हुन् । जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले अगुवा कार्यकर्ता भेला, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम गरिरहेका छन् ।

उम्मेदवारहरू प्रचारप्रसार तथा भेटघाटमा व्यस्त रहेका छन्। लमजुङमा सत्तागठबन्धनका दलहरूका उम्मेदवारहरू सँगसँगै कार्यक्रममा हिँडेका छन् । भेटघाट र घरदैलोमा पुगेका उमेदवार जित आफ्नै पक्षमा हुने दाबी गर्दै आफले जिल्लाको बिकास गरि समृद्धिको बाटोमा लैजाने  बताउँछन् । प्रतिनिधिसभा माओवादीले र प्रदेश सभा ‘क’ र ‘ख’ मा कांग्रेसले उम्मेदवारी दिएको छ ।

प्रतिनिधिसभा सदस्यमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रदेश सभा (क) मा एमालेका जमिन्द्रमान घले र कांग्रेसका टकराज गुरुङ, प्रदेश सभा (ख) मा एमालेका कृष्णप्रसाद अधिकारी र कांग्रेसका भेषबहादुर पौडेल चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभामा एकजना स्वतन्त्रसहित ११ जना उम्मेदवार छन्। प्रदेश सभा (क) मा पाँच जना र प्रदेश सभा (ख) मा छ जना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।  जिल्लामा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० वटा मतदानस्थल र एक सय ८८ वटा मतदान केन्द्र छन् । जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : १० बजे

उपलब्धिहरूको रक्षा गर्दै समृद्ध नेपालको सपना साकार पार्न एकजुट हुन प्रचण्डको आह्वान

काठमाडौं । नेकपाका संयोजक प्रचण्डले संविधानको पूर्ण कार्यान्वयन, राष्ट्रिय एकता,

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको

प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले माघी, मकर सङ्क्रान्ति पर्वले सबैलाई

अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा रोक्यो

काठमाडौं । अमेरिकाले आगामी माघ ७ ९जनवरी २१० देखि लागू

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज । बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको