१० भदौ २०८३, बुधबार | August 27, 2026

उपलब्धिहरूको रक्षा गर्दै समृद्ध नेपालको सपना साकार पार्न एकजुट हुन प्रचण्डको आह्वान



काठमाडौं । नेकपाका संयोजक प्रचण्डले संविधानको पूर्ण कार्यान्वयन, राष्ट्रिय एकता, शान्ति, सुशासन र समृद्ध नेपालको सपना साकार पार्न सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।

माघी तथा माघे संक्रान्तिको शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले सबै नेपाली इमानदारीपूर्वक राष्ट्र निर्माणको जिम्मेवारी वहन गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

प्रचण्डले थारु समुदायको मुख्य पर्व माघी र हिन्दू तथा मगर, छन्त्याललगायत विभिन्न समुदायले मनाउने माघे संक्रान्ति नेपाली समाजको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानको जीवन्त प्रतीक भएको उल्लेख गरेका छन्। यी पर्वहरूले विविधताभित्र एकता, आपसी सम्मान, भाइचारा र सामाजिक सद्भावको सन्देश दिने उनको भनाइ छ।

सूर्य उत्तरायणको सुरुवातसँगै दिन लम्बिँदै र रात छोटिँदै जाने प्राकृतिक चक्रलाई संकेत गर्दै प्रचण्डले राष्ट्रिय जीवनमा पनि अन्धकार हटेर उज्यालो, प्रगति र समृद्धिको नयाँ युग सुरु होस् भन्ने कामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमा उनले तराईदेखि पहाड र हिमालसम्म नेपालीहरू परिवारसँगै बसेर परम्परागत परिकार साटासाट गर्दै सुख–दुःख बाँड्ने सांस्कृतिक अभ्यासले समाजलाई अझ मजबुत बनाउने उल्लेख गरेका छन्। आपसी आत्मीयता, एकता र सामूहिकताले नै नेपाली समाजलाई सुदृढ बनाउने उनको धारणा छ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  १० : १७ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट