२१ भदौ २०८३, आइतबार | September 6, 2026

जोगागाउँ र गुरुवागाउँ मेलामा नेपाली र भारतीयको घुइँचो



राँझा । बाँकेको ऐतिहासिक जोगागाउँ र गुरुवागाउँ मेला भर्न स्थानीयको घुइँचो लागेको छ । कात्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका–२ जोगागाउँ र वडा नं ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ ।

मङ्गलबारदेखि सुरु भएको मेला भर्न बाँकेलगायत दाङ, सुर्खेत र भारतको विभिन्न स्थानबाट सर्वसाधारण आउने गरेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए ।

अध्यक्ष खाँका अनुसार, जोगागाउँ बाबाकुट्टीमा लाग्ने जोगागाउँ मेलामा राति सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछ । पुराना मेलाका रुपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट मानिस आउने गर्दछन् ।

यो वर्ष विगतको भन्दा धेरै सर्वसाधारण मेला भर्न आएको जानकी गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले बताए। उनले मेलालाई शान्त र मर्यादित तरिकाबाट सम्पन्न गराउन ध्यान दिइएको उल्लेख गरे ।

जानकी गाउँपालिका–५ बेलहरीस्थित गुरुवा गाउँ मेलामा पनि सर्वसाधारणको घुइँचो रहेको छ । मेला हेर्न भारतीयहरु पनि ठूलो सङ्ख्यामा आएको वडा नं ५ का अध्यक्ष टीकानाथ यादवलै बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १ : ५१ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा