४ पुस २०८२, शुक्रबार | December 20, 2025

४ प्रदेशका १० पालिकालाई पानी जाँच सम्बन्धि तालिम प्रदान



बुटवल । नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले ४ प्रदेशका १० जिल्लाका पालिकाका स्वास्थ्य र खानेपानी क्षेत्रमा कार्यरत अधिकारीहरुलाई स्वस्थ र स्वच्छ पानीको पहिचान सम्बन्धमा अभिमुखिकरण प्रदान गरिएको छ । १ वटा उपमहानगर सहित १० पालिकाका स्वास्थ्य शाखा तथा खानेपानी विभागमा कार्यरत अधिकारी र प्राबिधिकलाई पानीको परीक्षण, स्वस्थ र स्वच्छ पानीको पहिचान र समुदायमा पानी र स्वास्थ्यका विषयमा जनचेतना फैलाउने विषयमा अनुशिक्षण प्रदान गरिएको हो ।

नगरपालिका संघको आयोजनामा लुम्बिनी पदेशको अस्थायी राजधानी बुटवलमा राखिएको ३ दिने तालीममा पालीकामा रहेका खानेपानीको समस्या र नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन अपनाइने प्रविधि र उपायका विषयमा विषयगत विज्ञहरुले अनुशिक्षण दिएका थिए । पानीको गुणस्तर परीक्षण, पानी सुरक्षा योजना तथा खानेपानी तथा सरसफाई स्वच्छता ऐनका विषयमा सहभागीहरुलाई जानकारी गराइएको नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले बताए ।

सहभागीहरुलाई दिगो विकास लक्षको ६ दशमलव १ प्राप्तीको लागि विकास लक्षलाई स्थानीयकरण गर्ने पानी सुरक्षा समुदाय घोषणाको पूर्व तयारीका विषयमा विषयविज्ञ इन्जिनियर दिवाकर घिमिरे र खानेपानी विभागका केमिष्ट दिपकनाथले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण तालीमामा नेपालगन्ज उपमहानगरपालिका सहित बर्दघाट, तानसेन, पचखपन, हंसपुर, मनचसुवा, गौर, कोलहवी, चौरजहारी र भेरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख र वासका फोकल पर्सनहरुको सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ४ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको