८ बैशाख २०८३, मंगलबार | April 21, 2026

४ प्रदेशका १० पालिकालाई पानी जाँच सम्बन्धि तालिम प्रदान



बुटवल । नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले ४ प्रदेशका १० जिल्लाका पालिकाका स्वास्थ्य र खानेपानी क्षेत्रमा कार्यरत अधिकारीहरुलाई स्वस्थ र स्वच्छ पानीको पहिचान सम्बन्धमा अभिमुखिकरण प्रदान गरिएको छ । १ वटा उपमहानगर सहित १० पालिकाका स्वास्थ्य शाखा तथा खानेपानी विभागमा कार्यरत अधिकारी र प्राबिधिकलाई पानीको परीक्षण, स्वस्थ र स्वच्छ पानीको पहिचान र समुदायमा पानी र स्वास्थ्यका विषयमा जनचेतना फैलाउने विषयमा अनुशिक्षण प्रदान गरिएको हो ।

नगरपालिका संघको आयोजनामा लुम्बिनी पदेशको अस्थायी राजधानी बुटवलमा राखिएको ३ दिने तालीममा पालीकामा रहेका खानेपानीको समस्या र नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन अपनाइने प्रविधि र उपायका विषयमा विषयगत विज्ञहरुले अनुशिक्षण दिएका थिए । पानीको गुणस्तर परीक्षण, पानी सुरक्षा योजना तथा खानेपानी तथा सरसफाई स्वच्छता ऐनका विषयमा सहभागीहरुलाई जानकारी गराइएको नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले बताए ।

सहभागीहरुलाई दिगो विकास लक्षको ६ दशमलव १ प्राप्तीको लागि विकास लक्षलाई स्थानीयकरण गर्ने पानी सुरक्षा समुदाय घोषणाको पूर्व तयारीका विषयमा विषयविज्ञ इन्जिनियर दिवाकर घिमिरे र खानेपानी विभागका केमिष्ट दिपकनाथले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण तालीमामा नेपालगन्ज उपमहानगरपालिका सहित बर्दघाट, तानसेन, पचखपन, हंसपुर, मनचसुवा, गौर, कोलहवी, चौरजहारी र भेरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख र वासका फोकल पर्सनहरुको सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ४ : ४५ बजे

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२