१८ माघ २०८२, आइतबार | February 1, 2026

नेपाल-पाकिस्तान मैत्रीपूर्ण खेल हेर्न टिकट किन्ने भाग्यशाली दर्शकले विश्वकप हेर्न पाउने



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा दर्शक बढाउने उद्देश्यसहित आकर्षक पुरस्कार घोषणा गरेको छ । एन्फाले खेलमा टिकट खरिद गर्ने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने भएको हो ।

एन्फाले बिहीबार पत्रकार सम्मेलन गर्दै मैत्रीपूर्ण खेलको तयारी पूरा भएको बताएको हो । पत्रकार सम्मेलनमार्फत एन्फाले एक भाग्यशाली दर्शकलाई कतारमा आयोजना हुने विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट दिने बताएको हो ।

यस टिकट प्राप्त गर्न भिभिआईपीतर्फको ५ हजार रुपैयाँको टिकट किन्नु पर्नेछ । यसका लागि एन्फाले ८० सिट छुट्याएको छ । खेल दशरथ रंगशालामा ३० कात्तिकमा साझ ५ बजे सुरु हुनेछ । यसैगरी एन्फाले साधारण प्यारापिटतर्फ पाँच सय रुपैयाँ र भीआइपी एक हजार रुपैयाँ टिकट दर निर्धारण गरिएको हो ।

मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली आइतबार नेपाल आइपुग्नेछ । फिफा प्रतिबन्ध फुकुवापछि पाकिस्तान आठ वर्षयता अन्तर्राष्ट्रिय मैदान फर्कन लागेको हो । पाकिस्तानविरुद्धको खेलमा नेपालको प्रशिक्षण प्रवेश कटुवालले सम्हाल्नेछन् ।

यसअघि नेपालले ११ असोजमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ अन्जन विष्टले ह्याट्रिक गर्दा नेपाल ३–१ले विजयी भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  २ : ५३ बजे

पाल्पाका अधुरा विकास आयोजना पूरा गर्न निर्वाचनमा होमिएको हुँ : नेकपा उम्मेदवार सोमप्रसाद पाण्डे

बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पाल्पा क्षेत्र नम्बर-२

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए