५ श्रावण २०८३, मंगलबार | July 21, 2026

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न



भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं व्रत सम्पन्न भएको छ । नेपाल संवत्को आठौँ शताब्दीबाट प्रारम्भ भई हरेक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने एकमहिने माधवनारायण व्रत एवं मेला आज सम्पन्न भएको हो ।

मेलामा महिला तथा परुष व्रतालुले त्रिवेणी धाममा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत सुरु भएकामा आज हनुमानघाटस्थित त्रिवेणीधाममा व्रतालुले स्नान गरी सूर्यलाई जलार्पण गरी माधवनारायणको पूजा एवं होमयज्ञादी गरी मेला सम्पन्न भएको पुजारी सरोजन शर्माले बताए ।

साँखुको शालिनदीमा भन्दा पहिलादेखि यो मेला एवं व्रत सुरु भएको शिलालेख एवं ग्रन्थमा उल्लेख भएको भन्दै उनले तत्कालन राजा रणजित मल्ल आफैँ उपस्थित भएर व्रत प्रारम्भ गराएको शिलालेखमा रहेको जानकारी दिए । माधवनारायणको व्रत बस्ने व्यक्तिले त्रिवेणी कुण्डमा दैनिक नित्य पूजा तथा माधवनारायण एवं श्रीस्वस्थानीको कथा वाचन गर्ने गरेका थिए ।

नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको बताउँदै उनले यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने र स्नान गर्ने आउने गरेको जानकारी दिए ।

व्रतालुले खाली खुट्टा पैदल नै तिल माधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गरेको, द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गरेको र माघ शुक्ल पूर्णिमाका दिन नगर परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर एकमहिने व्रत समापन गरिएको व्रतालु विनोदकुमार प्रजापतिले जानकारी दिए ।

व्रतालु त्रिवेणीघाटमा महिना दिनसम्म बसेर व्रत पूरा गर्ने र कतिपय व्रतालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउने तथा विभिन्न स्थानको कलश यात्रामा सहभागी जनाउने परम्परा रहेको पुजारी मनोज शर्माले जानकारी दिए । त्रिवणी धाममा एक महिनासम्म गणेश, कुमार, पूmल ल्याउने माली र पाँच जना गुरु पुरोहितले व्रत एवं पूजाको व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

त्रिवेणीधाममा महिलाका लागि मात्रै व्रत बस्ने व्यवस्था गरेको छ । महिला पुरुष गरी यस वर्ष ३५ जनाले माधवनारायणको व्रत बसेको माधवनारायण व्रत समितिले जानकारी दिएको छ । आज भने २०० भन्दा बढी महिलाले त्रिवेणीधाममा आएर स्नान गरी व्रत समापन गरेका छन् । हनुमन्ते खोलामा पानीको सट्टा ढल बगेकाले यहाँ व्रत बस्नेको सङ्ख्या निकै घटेको भन्दै भक्तपुर नगरपालिकाले ढललाई हनुमन्ते खोलाबाट नबगाई व्यवस्थापन गरे व्रतालु बढ्ने व्रतालुहरुको भनाइ छ ।

भक्तपुर नगरपालिकाभित्रका सबै ढल मिसिएर दुर्गन्धित बनेको हनुमानघाटको उक्त हनुमन्ते खोलामा मेला सञ्चालनका लागि नगरपालिकाले हनुमानघाटस्थित त्रिवेणीधाम खोलामा डोजर लगाएर स्नान गर्न खाल्डो बनाइएको र त्यही खाल्डोमा राति बग्ने पानी तथा इनारको पानी राखी स्नानका लागि व्यवस्था गरिएको थियो ।

 

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  २ : १५ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान