२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

एन्फाको साधारणसभामा पुर्व अध्यक्ष गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन



धुलिखेल । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुर्व अध्यक्ष गणेश थापामाथी रोक लगाए पछि प्ले कार्ड बाेकेर प्रदर्शन गरेका छन् ।

धुलिखेलमा सुरू भएकाे एन्फाको साधारण सभामा सहभागी हुन लागेका थापालाई रोक लगाइएपछि प्ले कार्ड प्रदर्शन गरिएकाे हाे ।

‘बुवा यही धुलिखेलमा हुनुहुन्छ, भित्र प्रवेश गर्न दिइएको छैन, ’ उनका छोरा अभिषेकले भने, ‘अदालतको आदेश देखाउँदा पनि प्रवेश गर्न दिइएको छैन ।’

थापा आफ्ना समर्थकसहित धुलिखेलको साधारणसभामा भाग लिन पुगेका छन् । उनका अनुसार भित्र प्रवेश नदिए पछि पुर्व अध्यक्ष थापा सभास्थल बाहिर बसेका छन् ।

फिफाको १० वर्षे प्रतिबन्ध फुकुवा भए पछि उनी पहिलो पटक एन्फाको साधारणसभामा सहभागी हुन लागेका हुन् । उच्च अदालत पाटनको आदेश बोकेर जाँदा पनि एन्फा पदाधिकारीले उनलाई प्रवेश गर्न नदिए पछि धुलिखेलको माहौंल यतिखेर गर्मागर्मी भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ११ : २० बजे

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन