१ माघ २०८२, बिहिबार | January 15, 2026

आजको मौसम : हिमाली क्षेत्रमा हिमपातको सम्भावना, पर्वतारोहण र पदयात्रामा सावधानी अपनाउन अपिल



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन अपिल गरेको छ । हिमाली क्षेत्रमा हिमपात सुरु हुन थालेपछि महाशाखाले यस्तो अपिल गरेको हो ।

महाशाखाका अनुसार आज हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी  भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको पनि प्रक्षेपण गरिएको छ ।

राति प्रदेश १ र गण्डकीका पहाडी  भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र  मुलुकका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको आकलन गरिएको छ ।

महाशाखाका अनुसार शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । मुलुकका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुनसक्ने देखिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ६ : ५१ बजे

उपलब्धिहरूको रक्षा गर्दै समृद्ध नेपालको सपना साकार पार्न एकजुट हुन प्रचण्डको आह्वान

काठमाडौं । नेकपाका संयोजक प्रचण्डले संविधानको पूर्ण कार्यान्वयन, राष्ट्रिय एकता,

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको

प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले माघी, मकर सङ्क्रान्ति पर्वले सबैलाई

अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा रोक्यो

काठमाडौं । अमेरिकाले आगामी माघ ७ ९जनवरी २१० देखि लागू

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज । बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको