७ पुस २०८२, सोमबार | December 22, 2025

पुलिसले आर्मीलाई जितका लागि तीन सय पाँच रनको लक्ष्य दियो



काठमाडौ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरी क्लबले त्रिभुवन आर्मी क्लबलाई जितको लागि तीन सय पाँच रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले ५० ओभरमा चार विकेट गुमाएर तीन सय चार रनको योगफल बनायो ।

पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ खेले । उनले एक सय ४० रनको योगदान दिए । यसैगरी आरिफ शेखले अविजित रहँदै ९१ रनको योगदान गरे भने करण केसी आठ रनमा अविजित रहे । त्यस्तै कुशल भुर्तेलले ३१, सुनिल धमलाले १३ तथा अमित श्रेष्ठले १० रन जोडे ।

बलिङतर्फ आर्मीका विक्रम सोबले तीन विकेट लिए भने सुशन भारीले एक विकेट झारे । यस खेलको विजेताले फाइनलयात्रा तय गर्नेछन् । हिजो भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले मधेस प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको छ । प्रतियोगिताको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पाउने छन् । फाइनल खेल भोलि हुनेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १ : ५२ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८