१८ माघ २०८२, आइतबार | February 1, 2026

दलीय स्वतन्त्रका लागि सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छ : मन्त्री भुसाल



ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र दलीय स्वतन्त्रताका लागि सत्तागठबन्धन आगामी चुनावमा निर्वाचित हुनुपर्ने बताएकी छन् । सत्ता गठबन्धन ललितपुरले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसले प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका लागि निरन्तर सङ्घर्ष गरेको स्मरण गरिन् । पछिल्लो अवस्था पनि हजारौँ शहीदको बलिदानबाट प्राप्त संविधानको रक्षाका लागि खडा भएको गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन मनत्री भुसालले आग्रह गरिन् ।

ललितपुर निर्वाचन क्षेत्र ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहकी मन्त्री भुसालले भनिन्, “लोकतन्त्रका लागि निरन्तर सङ्घर्ष गरेको नेपाली कांग्रेसका साथीहरूले पार्टीका शीर्ष नेतृत्वलाई शिरोधार्य गरेर संविधानको रक्षाका लागि अग्रगामी मोर्चालाई निर्वाचित गराउनु हुनेछ ।” आगामी निर्वाचनमा अग्रगामी गठबन्धन र प्रतिगामी गठबन्धन निर्वाचनमा रहेको उल्लेख गर्दै उनले विगतको शिक्षाले पनि प्रगतिगामी मोर्चालाई पराजित गर्नुपर्ने समय आएको बताइन् ।

ललितपुर जिल्ला जहिले पनि परिवर्तनको पक्षमा उभिएको इतिहास स्मरण गर्दै मन्त्री भुसालले भनिन्, “यहाँका जनताको २०४६ को आन्दोलन पाटनबाट सुरु भएको थियो । यही जिल्लाका जनता सबैभन्दा पहिला राजतन्त्रमुक्त देश घोषणाको आन्दोलनमा होमिनुभएको थियो । अब पनि ललितपुरवासीले प्रतिगमनकारी गठबन्धलाई पररास्त गर्नेछन् ।”

गठबन्धनलाई जिताउने हाम्रो जिम्मेवारी हो : मदनबहादुर अमात्य

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यले व्यक्तिगत इच्छा र आकाङ्क्षालाई छोडेर आन्दोलनमा होमिएको कांग्रेसका नेता कार्यकर्ताले प्रतिगमनका विरुद्ध एकताबद्ध भएर लाग्नुपर्ने बताए । उनले भने, “सबैजना प्रतिबद्ध भएर गठबन्धनका उम्मेदवार जिताउन लाग्नुपर्छ, त्यसका लागि इमान्दारीपूर्वक लाग्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।”

आगामी मङ्सिर ४ गते परिवर्तन र प्रजातन्त्रमा विश्वास राख्नेहरूले दायित्व पूरा गर्नुपर्नेमा जोड दिँदै उनले भने, “राष्ट्रियता र लोकतन्त्रलाई कांग्रेसले बिर्सनु हुन्न, व्यक्तिगत विचार थाँती राखेर पार्टीको निर्देशन र निर्णयलाई मानेर गठबन्धनका लागि भोट माग्न आएको छु ।” गठबन्धन बाहिरका पार्टीलाई निर्वाचित हुन दिन नहुने बताउँदै उनले गठबन्धन देश र पार्टीका लागि आवश्यक भएको स्पष्ट पारे ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ९ : ५७ बजे

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका

बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ

नेपालगन्ज । निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी

तल्लो सेती जलविद्युत् आयोजना : पहुँच सडक निर्माण सुरु

दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट