१४ असार २०८३, आइतबार | June 29, 2026

एमालेलाई बहुमत प्राप्त हुने संकेतहरु देखा परेका छन् : गोकर्ण विष्ट



बुटवल । पूर्व मन्त्री तथा नेकपा एमालेका सचीव गोकर्ण विष्टले आगामी मंसिर-४ को निर्वाचनबाट एमालेले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । एमालेप्रति जनताको आकर्षण र उत्साह बढ्दै गएको दाबी गर्दै उनले बहुमत प्राप्त गर्ने संकेतहरु देखा परेको उल्लेख गरे ।

शनिबार विहान गुल्मीको तम्घासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै विष्टले जनताले मुलुकको नेतृत्व अब नेकपा एमालेलाई सुम्पिने बताए ।

मुलुकमा सुरु गरिएका महत्वकांक्षि योजनाहरुको पूर्णता र समृद्ध नेपालको सपना साकार पार्नेतर्फ अबको यात्रा रहेको बताए । गुल्मी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका विष्टले गुल्मीमा आफूले सुरु गरेका बिकास योजनालाई पूर्णता दिनका लागि आफ्नो उम्मेदवार रहेको बताए ।

गुल्मी क्षेत्र नम्बर-२ लाई खरको छाना मुक्त घर, अधिकांश जनताको घरमा विद्युतीय सेवा बिस्तार, हरेक पालिकामा १५ शैय्याको अस्पताल निर्माण सुरु लगायतका जनताका आवश्यकतालाई मध्ययनजरगरी सुरु भएका अन्य योजनाहरुलाई पूर्णता दिने योजना प्रस्तुत गरे । मदनभण्डारी राजमार्गलाई पूर्णता दिने, सालझण्डी तम्घास जोड्ने सडक निर्माण, प्रत्येक वडालाई कालोपत्रे सडकले जोड्ने, कपिलवस्तुबाट गुल्मीमा विद्युत सब स्टेशन निर्माण गर्ने ४ अरब ७४ करोडको योजना पूरा गरी गुणस्तरीय विद्युत सेवा प्रदान गर्ने लगायतका विकास योजना उनले प्रस्तुत गरेका छन् ।

आफ्नो पहलमा सुरु भएका ५९ वटा पूल निर्माण मध्ये बाँकी रहेका योजनाहरुलाई पूरा गर्ने, ट्रयाक खोलिएका ४२ सस किलोमिटर सडकलाई स्तरोन्नती गर्ने, लखनथापा रङ्गशाला निर्माण सम्पन्न गर्ने, मदनभण्डारी राजमार्गसँग जोडिएका रणनैतिक सडक योजनाहरुलाई पूर्णता दिने लगायतका बिकास योजनाहरुमा आफ्नो चिन्ता रहेको उनले बताए ।

विपक्षीको तिकाटिप्पणी र आलोचनाभन्दा पनि आफ्ना बिकास योजनाहरु पूरा गर्नेतर्फ केन्द्रित रहेको उनले बताए । आफ्नो क्षेत्रमा रहेका असुरक्षित बसाईलाई सुरक्षित स्थानामा स्थानन्तरण गर्ने, शिक्षाको पहुँचमा वृद्धि, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको संरक्षणसहित विकास गर्ने योजना रहेको उनले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ७ : १३ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा