५ पुस २०८२, शनिबार | December 20, 2025

डोटीबासीलाई ओलीको सुझाव – प्रेम आलेले देशकै बेइज्जत गरे, जमानत जफत गर्दिनुस



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छाडा बोलेर डोटी जिल्लाकै बेइज्जत गर्ने नेतालाई भोट नदिन आग्रह गरेका छन् ।

चुनावी सभालाई सम्बोधन गर्ने क्रम डोटी पुगेका उनले प्रेम आले मगरतर्फ इंकित गर्दै यस्तो छाडा बोल्नेलाई मतदान गरेर फेरि मन्त्री बनाउन नहुने बताए ।

ओलीले आलेले डोटीको मात्रै नभइ नेपाली संस्कृतिकै बेइज्जत गरेको बताए । उनले डोटीको मान्छेले यस्तै बोल्छ त ? भनेर प्रश्न गरेका थिए । उनले निर्वाचनमा आलेको जमानत जफत गरेर पठाउन समेत मतदातासमक्ष आग्रह गरेका छन्। उनले भने, ‘म डोटेली जनतालाई आग्रह गर्न चाहन्छु, त्यस्ता व्यक्तिहरु, देशको माया नगर्ने व्यक्तिहरु, आन्दोलनको मतलब नभएको व्यक्तिलाई मत दिनुहुँदैन्। जमानत जफत गरिदिनुपर्छ।’

उनले नेपाली कांग्रेसको जिन्दगीभर राजनीति गरेका मान्छेलाई पनि डोटीबाट हटाएर कैलाली पुराएको भन्दै त्यस्तो पार्टीलाई भोट नदिइ एमालेलाई दिन आग्रह गरे ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : १६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता