२२ माघ २०८२, बिहिबार | February 5, 2026

भैरहवाको विकासका लागि ३० वर्षदेखि काम गर्दै आएको छु : दीपक बोहरा



भैरहवा । राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक निरञ्जन थापाले दशकौंदेखि भैरहवाको विकासको लागि काम गरेका नेतालाई जिताउन मतदाताहरुसँग आग्रह गरेका छन् । रुपन्देहीको भैरहवामा घरदैलोका क्रममा आयोजित कोणसभामा बोल्दै थापाले राप्रपा उम्मेदवार दीपक बोहरोरालाई भैरहवामै जन्मिएको दीपक बोहरा, रैथाने नेता दीपक बोहरा, भैरहवाबासी सबैले दीपक दाइ भनेर बोलाउने दीपक बाहेहोरालाई जिताउन आग्रह गरेका हुन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित बैंककलोनीमा आयोजित कार्यक्रममा एमाले, राप्रपा र जसपाको तीनदलीय तालमेलबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहेका दीपक बोहराले भैरहवाको विकासको लागि आफूले ३० को दशकदेखि धेरै काम गरेको बताउँदै भैरहवा आफ्नो परिचय भएको समेत बताए । उनले भने, ‘मैले जित्नु भनेको भैरहवाको जीत हो । किनकी म भैरहवाकै, तपाईहरुकै भाइ छोरा हो । ’

कार्यक्रममा एमाले नेता डा. रामप्रसाद बस्यालले तीनदलीय तालमेलका साझा उम्मेदवार बोहरालाई प्रतिनिधिसभा सदस्यमा तथा महेन्द्र यादवलाई प्रदेशसभा सदस्यमा जिताउन सबैको सक्रियता जरुरी रहेको बताए ।

सो अवसरमा प्रदेश सभाका उम्मेदवार महेन्द्र यादवले समग्र भैरहवाको समृद्धि र विकासको लागि पनि प्रतिनिधिसभामा हलो र प्रदेशमा छाता चुनाव चिन्हमा मतदान गर्नुपर्ने बताए ।

सोही कार्यक्रममा एमालेका अर्का नेता तथा सिद्धार्थनगरका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारीले आफ्नो पालामा सिद्धार्थनगरको दीर्घकालिन योजनासहित धेरै काम अगाडि बढाएको बताउँदै ती सबै काम पुरा गर्न पनि तीनदलीय साझा उम्मेदवारको जीत आवश्यक रहेको बताए ।

 

 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ७ : २४ बजे

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ ।

आगामी निर्वाचनका लागि सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हे¥यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु

राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको बुटवलमा भेला

बुटवल । राष्ट्रिय जनमोर्चा प्युठान-रुपन्देही सम्पर्क समितिको चौथो भेला बुटवलमा