५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

भैरहवाको विकासका लागि ३० वर्षदेखि काम गर्दै आएको छु : दीपक बोहरा



भैरहवा । राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक निरञ्जन थापाले दशकौंदेखि भैरहवाको विकासको लागि काम गरेका नेतालाई जिताउन मतदाताहरुसँग आग्रह गरेका छन् । रुपन्देहीको भैरहवामा घरदैलोका क्रममा आयोजित कोणसभामा बोल्दै थापाले राप्रपा उम्मेदवार दीपक बोहरोरालाई भैरहवामै जन्मिएको दीपक बोहरा, रैथाने नेता दीपक बोहरा, भैरहवाबासी सबैले दीपक दाइ भनेर बोलाउने दीपक बाहेहोरालाई जिताउन आग्रह गरेका हुन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित बैंककलोनीमा आयोजित कार्यक्रममा एमाले, राप्रपा र जसपाको तीनदलीय तालमेलबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहेका दीपक बोहराले भैरहवाको विकासको लागि आफूले ३० को दशकदेखि धेरै काम गरेको बताउँदै भैरहवा आफ्नो परिचय भएको समेत बताए । उनले भने, ‘मैले जित्नु भनेको भैरहवाको जीत हो । किनकी म भैरहवाकै, तपाईहरुकै भाइ छोरा हो । ’

कार्यक्रममा एमाले नेता डा. रामप्रसाद बस्यालले तीनदलीय तालमेलका साझा उम्मेदवार बोहरालाई प्रतिनिधिसभा सदस्यमा तथा महेन्द्र यादवलाई प्रदेशसभा सदस्यमा जिताउन सबैको सक्रियता जरुरी रहेको बताए ।

सो अवसरमा प्रदेश सभाका उम्मेदवार महेन्द्र यादवले समग्र भैरहवाको समृद्धि र विकासको लागि पनि प्रतिनिधिसभामा हलो र प्रदेशमा छाता चुनाव चिन्हमा मतदान गर्नुपर्ने बताए ।

सोही कार्यक्रममा एमालेका अर्का नेता तथा सिद्धार्थनगरका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारीले आफ्नो पालामा सिद्धार्थनगरको दीर्घकालिन योजनासहित धेरै काम अगाडि बढाएको बताउँदै ती सबै काम पुरा गर्न पनि तीनदलीय साझा उम्मेदवारको जीत आवश्यक रहेको बताए ।

 

 

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ७ : २४ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया