१ माघ २०८२, बिहिबार | January 15, 2026

एमालेको बहुमत भए मात्रै देश आत्मनिर्भरः गिरी



बुटवल । लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले देशलाई आर्थिक रुपले सम्पन्न गर्न एमालेको बहुमतको सरकार आवश्यक रहेको बताएका छन् ।

आइतबार तिलोत्तमा ५ मा भएको घरदैलो कार्यक्रममा नेता गिरीले देशलाई समृद्ध बनाउंदै आर्थिक रुपमा माथि उठाउन एमाले नेतृत्वको बहुमत सरकार आवश्यक रहेको बताए । अहिले गठबन्धनको सरकार रहँदा आर्थिक सूचाकांकहरु सवै क्रृणात्मक भएको बताउंदै समृद्ध देश र आर्थिक सम्पन्नताका लागि एमालेलाई मत दिन सवै मतदातालाई आग्रह गरे ।

देशमा नयांँनयाँ रोजगारीका अवसरहरु सिर्जना गर्ने, उद्योगहरु स्थापनाका लागि आकर्षित गर्ने, बन्द उद्योग सञ्चालन गर्नुका साथै बैदेशिक लगानीका ठुला उद्योगहरु स्थापना गर्दै देशलाई आर्थिक रुपले सम्पन्न गर्ने योजना एमालेको रहेको बताए । आर्थिक रुपले सम्पन्न देश हुनासाथ स्वतः रोजगारी बढ्ने र विदेशमा गएका युवाहरुलाई स्वदेशमै फर्काउन सकिने उनको भनाई छ ।

नेता गिरीले अहिलेको सरकारबाट जनताले विकास, समृद्धि, आर्थिक सम्पन्नता, सुशासन केही पनि अनुभुती गर्न नपाएको भन्दै गठबन्धन मात्र आफ्नो स्वार्थका लागि बनेको घाम जस्तै छर्लङ्ग भएको बताए । मतदाताको घरदैलोमा मत माग्दै पुगेका गिरीलाई मतदाताहरुले सडकको स्तरोन्नती, नाली व्यवस्थापन गरिदिन माग गरेका थिए ।

उनले एमाले नेतृत्वको सरकार बनेपछि सधै सेवक बनेर काम गर्ने र विकास निर्माणका काम, मानवीय विकासका योजनाहरु एकसाथ कार्यान्वयनमा लगिने बताए । साथै तिलोत्तमामा रहेका खेलमैदानको स्तरोन्नतीका लागि पनि आफु लाग्ने उनले बताए । बुटवलको गौतमबुद्ध मुटु अस्पताललाई आवश्यक जग्गाको प्रबन्ध गर्न आफु प्रतिबद्ध रहेको सो अवसरमा उनले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  २ : ०० बजे

उपलब्धिहरूको रक्षा गर्दै समृद्ध नेपालको सपना साकार पार्न एकजुट हुन प्रचण्डको आह्वान

काठमाडौं । नेकपाका संयोजक प्रचण्डले संविधानको पूर्ण कार्यान्वयन, राष्ट्रिय एकता,

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको

प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले माघी, मकर सङ्क्रान्ति पर्वले सबैलाई

अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा रोक्यो

काठमाडौं । अमेरिकाले आगामी माघ ७ ९जनवरी २१० देखि लागू

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज । बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको