७ पुस २०८२, सोमबार | December 22, 2025

सिन्धुली पुगेर ओलीले भने– चुनावपछि गठबन्धन होइन, बलियो शक्ति चाहिएको छ



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले अहिले देशमा विभिन्न स्वार्थी समूहको गठबन्धन रहेको भन्दै चुनावपछि एउटा बलियो शक्ति आवश्यक रहेको बताएका छन् ।

सिन्धुलीमा सोमबार आयोजित चुनावी सभामा उनले सुदृढ राष्ट्रिय शक्ति चाहिएको बताए । सधैं तानातान र स्वार्थी समूहको अखडा नचाहिएको बताए । ओलीले त्यस्तो शक्ति एमाले रहेको उनको दाबी थियो ।

बालबालिका, छात्रा, वृद्धवृद्धा सबैका लागि एमाले नै चाहिएको उनले दाबी गरे । ‘महिनवारी महिला तथा किशोरीलाई स्यानेटरी प्याड निःशुल्क दिने व्यवस्था हामीले घोषणापत्रमा उल्लेख गरेका छौं,’ उनले भने, ‘यस्तो व्यवस्था कसैले पनि हटाउन सक्दैन ।’ ओलीले मंसिर ४ पछि एमाले सरकार बन्ने दाबी पनि गरे ।

उनले सहिद ऋषिराज देवकोटाको विषयमा प्रकाश पारेका थिए । ऋषिराजका छोरा सुवास देवकोटा सिन्धुली १ ९ख० बाट उम्मेदवार बनेका छन् ।
ओलीले सिन्धुली १ का एमाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप कटुवाल र सिन्धुली २ का मनोजजंग थापाका लागि भोट मागे । १५ मिनेट बोलेपछि ओली काठमाडौं जान ढिला हुन्छ भन्दै हेलिकोप्टर चढेर फर्के ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ५ : ०० बजे

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले