१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

चुनावमा घर जाने यात्रुलाई बससेवाको अफर, मतदातामात्र नभएर उम्मेदवारले समेत आकर्षक उपहार पाउने



काठमाडौं । नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले आगामी आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा घर जान लागेका मतदातालाई लक्षित् गर्दै विशेष अफर सार्बजनिक गरेको छ ।

अफर अन्तरगत निर्बाचनमा भाग लिन जाने मतदाता मध्ये भाग्यशाली तीनजनाले बससेवाको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् । साथै ती मतदाताले भोट दिएका तीन जना उमेद्धारले समेत आकर्षक उपहार प्राप्त गर्नेछन् ।

मतदाताले भोट दिएका उमेद्धारले निर्बाचनमा विजयी वा हार बेहोरेपनि उपहार प्राप्त हुनेछ । अफरबाट विजयी मतदाताले आफुले मत दिएको उमेद्वारको विषयमा बससेवालाई जानकारी दिएपछि उमेद्धारलाई उक्त उपहार प्राप्त हुनेछ । मतदाताले सिफारिस गरेको उमेद्धारको विवरण भने गोप्य राखिनेछ । विजेताको चयन बससेवाको अािधकारिक फेशबुक पेजमा लाइभ मार्फत गोलाप्रथाबाट गरिने बससेवाले जनाएको छ ।

मतदाता लक्षित् उपहार योजनाबारे बससेवाका प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले भने, ‘देशको भविष्यसँग जोडिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताको बढि भन्दा बढि सहभागीता होस् भन्ने उदेश्यले हामीले यस्तो अफर सार्बजनिक गरेका हौँ । अर्कोतर्फ मतदाता मत हाल्न जाने तर उमेद्धारले मतदाता नचिन्ने अवस्था पनि छ, त्यसैले मत दिएका उमेद्धारलाई पनि मतदाताको सिफारिसको आधारमा उपहार दिने योजना बनाएका हौँ ।’

यो योजना कार्तिक ३० गतेदेखि मंसिर ५ गतेसम्म लागु हुनेछ । मतदाता तथा यात्रुले बसपार्र्कका अलावा हालैमात्र बससेवाले कलंकीस्थित् ढुंगेअड्डामा सञ्चालनमा ल्याएको प्यासेञ्जर लाउञ्जबाट बस चढि सहजै यात्रा गर्न सक्नेछन् ।

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट काट्न सक्नेछन् । यात्रुहरुले बससेवाको मोबाईल मार्फत टिकट काटी इसेवा, खल्ती, आइएमईपे लगायतका वालेटका साथै हरेक बैंकका मोबाईल र्बैकिङ्ग मार्फत समेत टिकट काट्न सकिनेछ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ४ : ०५ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,