देवदह । सत्ता परिवर्तन भएसंगै राष्ट्रिय गौरवका योजनाहरु ओझेलमा परेको नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले बताए ।
रुपन्देही क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेता विश्वकर्माले नेकपा एमालेको सरकारले अगाडि सारेका विकास निर्माणका योजनाहरु सत्ता गठबन्धनले कटौती गरेर देशलाई वर्वादी तर्फ धकेलेको आरोप लगाए ।
रुपन्देहीको देवदह नगरपालिका ६, केउलीमा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त भेला तथा मतदाता संग कुराकानी गर्दै उहाले उक्त कुरा बताएका हुन ।
उनले शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पुर्वाधारका योजनाहरु विशेष महत्व दिएर लैजाने दावी गरे । पुर्वमन्त्री समेत रहेका नेता विश्वकर्माले नागरिकको चाहना अनुसार विकास निर्माणका काम अगाडि बढाउने बताउदै मंसिर ४ पछि बन्ने नेकपा एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई ५ हजार पु¥याउने दावी गरे ।
नेता विश्वकर्माले सरनवारी, केउलीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताउदै केउलीलाई नमुना गाउँको रुपमा विकास गर्ने बताए । उनले केउलीको भौतिक विकास निर्माणलाई प्राथमिकता राखेर योजना बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले विदेशी नागरिकलाई नागरिक दिन तयार हुने सत्ता गठबन्धनबाट देशको विकास हुन नसक्ने ठोकुवा गरे ।
उनले अहिलेको निर्वाचन राष्ट्र बचाउने कि विग्राने वीचको लडाई भएको हुदा नेकपा एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारलाई विजय गराउनु पर्नेमा जोड दिए । सोही अवसरमा बोल्दै क्षेत्र नम्वर १(१) प्रदेश सभा सदस्यका उम्मेदवार तथा राप्रपाका नेता आशिषकुमार चौधरीले नागरिकको चाहना अनुसार विकास निर्माणका कामहरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले राष्ट्र र राष्ट्रिताको लागि तिन दल वीच चुनावी तालमेल भएको बताए । नेकपा एमाले, राप्रपा, जसपाको संयुक्त निर्वाचन परिचालन कमिटी देवदह ६, का संयोजक नेत्रप्रसाद काप्mलेको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका नेता माधव रिमाल लगायतले आ-आफना भनाई राखेका थिए । निर्वाचन परिचालन समितिका सदस्य विष्णु बरालको स्वागत र नेकपा एमाले देवदह ६, शाखा कमिटीका अध्यक्ष राजन अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



















प्रतिक्रिया