४ पुस २०८२, शुक्रबार | December 20, 2025

८४ वटा सञ्चार माध्यममा आचारसंहिता प्रतिकूल सामग्री : निर्वाचन आयोगको



काठमाडौं । ८४ वटा सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको प्रेस काउन्सिल नेपालको जनाएको छ ।

आचारसंहिता विशेष अनुगमनका क्रममा कात्तिक २९ गतेसम्म १५ वटा छापा माध्यम, ५ वटा टेलिभिजन, २० वटा रेडियो, ४४ वटा अनलाइन गरी ८४ वटा सञ्चार माध्यम र ५ वटा वेबपोर्टलबाट आचारसंहिता विपरितका सामग्री सम्प्रेषण भएको आयोगले जनाएको हो ।

ती मध्ये ६ वटालाई निर्देशन, ४६ वटालाई ध्यानाकर्षण, १८ वटालाई सचेत र ११ वटालाई स्पष्टीकरण सोधिएको आयोगको भनाइ छ । दर्तारसूचीकरण नभएका ५ वटा न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ र ३ वटा अनलाइन मिडियालाई फोन सम्पर्क गरी ध्यानाकर्षण गराइएको बताइएको छ । यस्तै मिडियाअन्तर्गतको केही सामाजिक सञ्जाललाई उजुरीका आधारमा ध्यानाकर्षण गराइएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन मिति नजिकिँदै जाँदा आचारसंहिता उल्लङ्घनका नयाँ(नयाँ प्रवृत्ति देखिएको आयोगले जनाएको हो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला मतदाताका लागि सञ्चार माध्यम झन् बढी जिम्मेवार र भरोसायोग्य बन्नुपर्ने बताए । यस्तो बेला मिडियाका विषयवस्तु सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १० : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको