काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपात हुनसक्ने ठानिएको छ ।
राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
बिहीबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ । हिमाली भू-भागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना छ । पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


















प्रतिक्रिया