२९ भदौ २०८३, सोमबार | September 14, 2026

एमालेले ४ गतेदेखि विशेष चुनावी अभियान सुरु गर्दै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यही माघ ४ गतेदेखि चुनावी विशेष अभियान सुरु गर्ने भएको छ ।

एमालेको बागमती प्रदेश कमिटीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विशेष चुनावी अभियानको तयारी पूरा भएको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । यही माघ ४ गते काठमाडौंको भृकुटीमण्डपबाट जनप्रदर्शनसहित कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेर सभामार्फत् अभियान थालिने छ । सभालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

एमालेका सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले आफ्नो प्रदेश निर्वाचन केन्द्रित विशेष अभियानमा तीव्रताका साथ लागेको बताउँदै चुनावका लागि सुरक्षित वातारण बनाउन सरकारसँग आग्रह गरे। प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले एमालेले निर्वाचनलाई लोकतान्त्रिक पद्धतिको पुनःस्थापनाका रूपमा लिएको स्पष्ट गरे ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ४ : ०३ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ