१ माघ २०८२, बिहिबार | January 15, 2026

खोटाङमा निर्वाचन अवधिभर मादक पदार्थ निषेध



खोटाङ । आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले मादक पदार्थ ओसारपसार, विक्रीवितरण तथा सेवन गर्न निषेध गरेको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले १ मंसिर राती १२ बजेदेखि ५ मंसिर राती १२ बजेसम्मका लागि जिल्लाभर मादक पदार्थको विक्रीवितरण तथा सेवनमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले मंगलबार सूचना जारी गर्दै निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ (थ), गृह-मन्त्रालय (निर्वाचन सेल)को १२ कात्तिकको पत्र बमोजिम मादक पदार्थ बेचविखन र सेवनमा कडाई गरिएको जानकारी दिएका छन् । स्थानीय प्रशासनको आदेशको वर्खिलाफ भए/गरेको पाइएमा कानून वमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ८ : २८ बजे

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे

नेत्रविक्रम चन्द र मिराज ढुंगानाबीच चारबुँदे सहमति

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : शङ्कर पोखरेल

दाङ । एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र

सुर्खेत र सल्यानमा पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

सुर्खेत । पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका

एमालेले ४ गतेदेखि विशेष चुनावी अभियान सुरु गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यही माघ ४ गतेदेखि