७ आश्विन २०८३, बुधबार | September 23, 2026

सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउँछु : प्रकाशमान सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सामुदायिक विद्यालय र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउने दाबी गरेका छन् ।

लोकतान्त्रिक-वामगठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेता सिंहले आज बिहान घरदैलो कार्यक्रममा बोल्दै मुलुकको शिक्षाको विकासका लागि सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याइने बताएका हुन् ।

नेता सिंहले घरदैलोका क्रममा मतदाताले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको माग राखिरहेको बताउँदै भने, “निर्वाचनमा जित हासिल गरेपछि गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्छु ।”

उनले जनताले खानेपानीको समेत माग गरिरहेको बताए । शिक्षामा समानताका लागि सङ्घीय शिक्षा ऐन बनाउँदा जोड दिने उनको भनाइ थियो ।

पूर्व उपप्रधानमन्त्री सिंहले मतदाताले अब पनि चुनाव जिताएर पठाउने र आफूलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको प्रतिक्रिया दिएको बताए । नेता सिंहले काठमाडौँ क्षेत्र नं १ भित्र भएका सार्वजनिक जग्गा अनाधिकृत रुपमा प्रयोग भएकाले त्यसलाई फर्काएर सानो खेलग्राम र पार्क बनाउने आफ्नो योजना रहेको बताए ।

संवैधानिक निकायमा राजनीतिकरण नहुने भन्दै योग्य व्यक्ति चुन्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ११ : ५२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज