३ पुस २०८२, बिहिबार | December 18, 2025

इन्टलेक्च्यूअल स्कुलमा विद्यार्थीहरुले गरे नमुना निर्वाचन



बुटवल । मंसिर ४ गते हुने निर्वाचनको माहोल तातिरहेको बेला बुटवल –११ कालिकानगरमा रहेको इन्टलेक्च्यूअल स्कुलमा विद्यार्थीहरुले नमुना निर्वाचन गरेका छन् । विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभई व्यवहारिक र समसामयिक विषयमा समेत जानकारी दिने उद्देश्यले कक्षा ६ देखी १० सम्मका विद्यार्थीहरुलाई सहभागी गराई नमुना निर्वाचन गरिएको हो ।

नेपाल समाजसेवी पार्टी र नेपाल प्रगतिशील पार्टी बनाएर प्रतिनिधि सभा प्रदेश सभा सांसद र समानुपातिक सांसदका लागि निर्वाचन आयोगले तयार गरेको नमुना मतदानको चुनाव चिन्ह र ४ वटा मतपत्र तयार गरि निर्वाचनकै झल्को दिने गरि विद्यार्थीहरुले निर्वाचन सम्पन्न गरेका छन् ।

विद्यार्थीहरुले उमेदवारी दर्ता, घोषणा पत्र सार्वजनिक गर्ने, प्रचारप्रसार गर्ने लगाएतका कार्य सम्पन्न गरि मतदान प्रक्रिया शुरु गरेका थिए । दुई पार्टी मध्ये नेपाल समाजसेवी पार्टीले प्रतिनिधि सभातर्फ कक्षा ९ की छात्रा एन्जीला श्रेष्ठ र प्रदेश सभातर्फ कक्षा ८ का छात्र सुजल पौडेललाई उम्मेदवार बनाएको थियो भने नेपाल प्रगतिसिल पार्टीको नामबाट प्रतिनिधिसभातर्फ कक्षा ९ का छात्र आर्यन सुवेदी र प्रदेशसभातर्फ कक्षा ९ कै छात्रा मारियम थापालाई उमेदवार बनाएको थियो ।

दुबै दल बाट प्रतिनिधि र प्रदेश सभाको समानुपातिक गरि ३–३ जना लाई उमेदवार बनाएका थिए । नमुना निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थीत बनाउनका लागि प्रमुख निर्वाचन अधिकृतको रुपमा शिक्षक सुरज वि.क रहेका थिए भने मतदानका क्रममा अन्य शिक्षकहरुले सघाएका थिए ।

मतदान पश्चात् भएको मतगणनामा प्रतिनिधि सभातर्फ नेपाल समाजसेवी पार्टीको उम्मेदवार एन्जीला श्रेष्ठ र प्रदेश सभा तर्फ नेपाल प्रगतिसिल पार्टीको मरियाम थापा विजयी भएका थिए भने समानुपातिकतर्फ प्रगतिसील पार्टीबाट संघिय सभामा एक तथा प्रदेश सभामा पनि एकजना निर्वाचित भएका छन् । समाजसेवी पार्टीबाट संघिय सभाका २ जना र प्रदेश सभामा पनि २ जना निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : २५ बजे

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र