२२ माघ २०८२, बिहिबार | February 5, 2026

आज रातिदेखि देशभर मदिरा प्रतिबन्ध



काठमाडौं । आज बिहीबार मध्यरातिदेखि मदिरा बिक्रि वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले मतदानको ४८ घन्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने भएको हो  ।

४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था अनुसार उक्त निर्णय भएको हो ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०७९ को दफा २५ मा निर्वाचन अधिकृत तथा मतदान अधिकृतले रहेको सन्दर्भमा मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नको लागि मतदानको मिति भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण र सेवन निषेध गराउन निर्देशन दिइएको हो ।

उक्त निर्णय कार्यान्वयन गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिइएको छ । मदिरा व्यवसायीलाई पनि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण नगर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ६ : ५१ बजे

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

नवलपुर-१ : कांग्रेसको विरासत, वामको चुनौती र वैकल्पिक शक्तिको परीक्षा

नवलपुर । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर