२२ माघ २०८२, बिहिबार | February 5, 2026

काठमाडौंमा आज गठबन्धनको अन्तिम चुनावी सभा

कोटेश्वरमा प्रचण्ड, नेपाल र चक्रपथमा बाबुराम, गगनले सम्बोधन गर्ने



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि अघि सत्ता गठबन्धनले आज बिहीबार काठमाडौंमा अन्तिम चुनावी सभा आयोजना गर्ने भएको छ ।

आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ, मौन अवधिमा चुनावी गतिविधि गर्न पाइँदैन ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको कोटेश्वरमा चुनावी सभा गर्न लागेको हो ।

गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा लगायतले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भने गृहजिल्ला डडेल्धुरामा रहेको छन् ।

काठमाडौं २ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गठबन्धनबाट माओवादी केन्द्रकी ओनसरी घर्ती, एमालेका मणिराम फुँयाल, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेल मुख्य प्रतिस्पर्धी हुन् ।

काठमाडौं २ मा ०६४ को संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए, भने ०७० दोस्रो संविधानसभा निर्वाचनमा नेपाल काठमाडौं २ र रौतहट १ बाट विजयी भएका थिए । उनले काठमाडौं २ छोड्दा भएको उपनिर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठलाई पराजित गर्दै कांग्रेसका दीपक कुँइकेल विजयी भएका थिए ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाल विजयी भएका थिए । एकीकृत समाजवादीका अध्यक्ष रहेका नेपाल यो निर्वाचनमा रौतहटबाट चुनाव लड्दैछन् ।

यसैगरी आजै दिउँसो २ बजे क्षेत्र नं. ५ को नारायणगोपाल चोक चक्रपथमा पनि गठबन्धनको चुनावी सभा हुँदैछ । सो सभालाई बाबुराम भट्टराई, गगन थापा, स्वर्णीम वाग्ले लगायतले सम्बोधन गर्दैछन् । यस क्षेत्रमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र गठबन्धनका साझा उम्मेदवार कांग्रेसका प्रदीप पौडेलबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ९ : ४० बजे

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

नवलपुर-१ : कांग्रेसको विरासत, वामको चुनौती र वैकल्पिक शक्तिको परीक्षा

नवलपुर । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर