२२ माघ २०८२, बिहिबार | February 5, 2026

भैरहवाका दुबैथरी गठबन्धनले गरे सडक कब्जागरी आमसभा



भैरहवा । भैरहवाको सडक नै कब्जा गरी मुख्य प्रतिस्पर्धीले बिहीबार आमसभा गरेका छन् । पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका बालकृष्ण खाण र तीनदलीय तालमेलबाट सोही पदका लागि राप्रपाबाट उम्मेदवार बनेका दीपक बोहराले भैरहवा बजारको सडक पूरा रूपमा अवरुद्ध गरी आमसभा गरेका हुन् ।

चुनावी प्रचार प्रसार तथा आमसभागर्ने अन्तिम दिन आएर दुई मुख्य प्रतिस्पर्धीले एकै दिन केही घण्टाको अन्तरालमा आम सभा गरेका छन्। बहालवाला गृहमन्त्रीसमेत रहेका गठबन्धनका उम्मेदवार खाणको आमसभा मैत्री पथको फुटपाथमा मंच बनाएपनि मिलचोकबाट सर्वसाधारणको गाडी आवजावतमा रोक लगाइएको थियो । प्रहरी र म्यादीले सडकमा संजाल नै बनाई प्रवेश रोकेका थिए । केही सिमित गाडीलाई मात्रै इन्ट्री दिएर भित्र राखिएको थियो ।

यस्तै वरिष्ठ नेता बोहराको आमसभा बम्रेलीटोल मा रखिएको थियो । आकस्मिक आवगमनका लागि केही ठाँउ छुटयाएर आमसभा गरे पनि नारायण पथ सम्मको सडक भिडभाडले कब्जा नै भएको थियो ।

सांगितिक कार्यक्रम सहितको आमसभा केन्द्रिय र जिल्ला स्तरका नेताहरू उपस्थित भएपनि आचारसंहिताको कुरा कसैले उठान गरेका थिएनन् । भातृ संगठन  र कार्यकर्ताले पूर्णरुपमा सडक बन्द गरेका थिए । करिब तीन घण्टासम्म चलेको सो सभा निर्वाचन आचारसंहिता विपरित भए पनि कसैले रोकेको थिएन ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ९ : ४१ बजे

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना

‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने