४ पुस २०८२, शुक्रबार | December 19, 2025

युवाको आक्रोशलाई राजनीतिक दलले सम्वोधन गर्नुपर्छ : बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवाको आक्रोशलाई राजनीतिक दलले सम्वोधन गर्नुपर्ने बताएका छन् । लोकतान्त्रिक वाम गठबन्धन काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘बृहत् आमसभा’लाई सम्बोधन गर्दै उनले राजनीतिक दलप्रति युवा पङ्क्तिमा आक्रोश देखिएकाले यसलाई राजनीतिक दलले संवोधन गर्नुपर्ने बताएका हुन् ।

“संविधान निर्माणपछि युवामा धेरै आकाङ्क्षा थियो, त्यो आकाङ्क्षालाई राजनीतिक दलले पूरा गर्न सकेनन्, अहिले युवामा आक्रोश देखिएको छ”, उनले भने । पूर्वप्रधानमन्त्री डा. भट्टराईले गठबन्धनले बेरोजगारको अन्त्य गर्दै देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने बताए ।

कांग्रेस नेता एवं पूर्वकानूनमन्त्री नरहरि आचार्यले देशको विभिन्न आन्दोलनको नेतृत्व गरेको कांग्रेस नेतृत्वको गठबन्धनले मात्र देशको विकास गर्नसक्ने बताए । “निर्वाचनमा कुनै पनि राजनीतिक दललाई मतदान गर्नुमात्र ठूलो कुरा होइन, उक्त मतको संरक्षण गर्न चनाखो हुनुपर्छ”, उनले भने । पूर्वमन्त्री आचार्यले कांग्रेसले सबै राजनीतिक दललाई समन्वय गर्दै अगाडी बढ्ने हैसियत राखेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य कल्पना शर्मा, नेकपा (एकीकृत समाजवादी)का नेता एवम् निर्वाचन परिचालन समितिका संयोजक दिपक केसीलगायतले संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  १० : १० बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता