२२ माघ २०८२, बिहिबार | February 5, 2026

रुपन्देहीको शुद्धोधनमा वडासदस्यको गाडीबाट मदिरा बरामद, मतदाता प्रभावित पार्न हिँडालेको आशंका



बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका स्थानीयले एक गाडीसहित मदिरा नियन्त्रणमा लिएका छन् ।

रुपन्देही क्षेत्र नम्बर ३ अन्तरगत पर्ने शुद्धोधन–१ बलेवामा स्थानीयले शुक्रबार दिउसो मदिरासहितको गाडी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रनौंरा (मुर्गिया) का प्रमुख जीवन लामिछानेले बताए ।

स्थानीयले मदिरासहितको गाडी नियन्त्रणमा लिएपछि आफूहरुलाई खबर गरे पनि सम्पूर्ण अनुसन्धन गरेर मात्रै त्यहाँबाट गाडी लैजान पाउने भन्दै स्थानीयले घेरा हालेपछि आवश्यक प्रक्रिया पुर्याउने भनेर गाडीलाई घटनास्थलमै छाडिएको लामिछानेले बताए ।

स्थानीय एक युवाका अनुसार टाटा पिकअप गाडीमा मतदातालाई प्रभावित पार्नेगरी नेपाली काँग्रेसका कार्यकर्ताले वितरण गर्न मदिरा हिँडालेका थिए । स्थानीय सुद्धोधन–१ का वडा सदस्य मुरलीधर लोनियाले आफैले गाडी चलाएको र स्थानीयले नियन्त्रणमा लिएपछि गाडी छाडेर भागेको घटनाका प्रत्यक्षदर्शीले बताएका छन् । लोनिया नेपाली काँग्रेसको तर्फबाट गत बैशाख ३० गते सम्म स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए ।

प्रहरीले सम्बन्धित दोषीलाई छाडेर गाडीलाई मात्र नियन्त्रणमा लिने देखिएपछि सबै अनुसन्धान गर्नु पर्ने माग गर्दै स्थानीयले रोकेको प्रत्येक्षदर्शी एक युवाले बताए । गाडीको अगाडि र पछाडि दुबैतर्फको नम्बर प्लेट समेट राम्रोसँग नबुझिने अवस्थामा भेटिएको स्थानीय विजय थापाले जानकारी दिए ।

प्रहरीले घटनाको पुष्टि गर्दै कुन प्रयोजनका लागि गाडीमा मदिरा राखिएको थियो भन्नेबारे छानविन भैरहेको जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ४ : ५९ बजे

टी-२० विश्वकप वार्मअप : क्यानडालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकपको वार्मअप खेलमा नेपालले लगातार

रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट रौतहटमा चार वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र गाडी चालक फरार

जनकपुरधाम । रौतहट-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार

काश्मिर समस्या समाधान बिना दक्षिण एसियामा दिगो शान्ति सम्भव छैन : पाकिस्तान

काठमाडौं । ‘काश्मिर एक्यवद्धता दिवस’को अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले एक

भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन,

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु मुस्ताङ । यहाँस्थित वारागुङ