३ पुस २०८२, बिहिबार | December 18, 2025

रुपन्देहीको शुद्धोधनमा वडासदस्यको गाडीबाट मदिरा बरामद, मतदाता प्रभावित पार्न हिँडालेको आशंका



बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका स्थानीयले एक गाडीसहित मदिरा नियन्त्रणमा लिएका छन् ।

रुपन्देही क्षेत्र नम्बर ३ अन्तरगत पर्ने शुद्धोधन–१ बलेवामा स्थानीयले शुक्रबार दिउसो मदिरासहितको गाडी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रनौंरा (मुर्गिया) का प्रमुख जीवन लामिछानेले बताए ।

स्थानीयले मदिरासहितको गाडी नियन्त्रणमा लिएपछि आफूहरुलाई खबर गरे पनि सम्पूर्ण अनुसन्धन गरेर मात्रै त्यहाँबाट गाडी लैजान पाउने भन्दै स्थानीयले घेरा हालेपछि आवश्यक प्रक्रिया पुर्याउने भनेर गाडीलाई घटनास्थलमै छाडिएको लामिछानेले बताए ।

स्थानीय एक युवाका अनुसार टाटा पिकअप गाडीमा मतदातालाई प्रभावित पार्नेगरी नेपाली काँग्रेसका कार्यकर्ताले वितरण गर्न मदिरा हिँडालेका थिए । स्थानीय सुद्धोधन–१ का वडा सदस्य मुरलीधर लोनियाले आफैले गाडी चलाएको र स्थानीयले नियन्त्रणमा लिएपछि गाडी छाडेर भागेको घटनाका प्रत्यक्षदर्शीले बताएका छन् । लोनिया नेपाली काँग्रेसको तर्फबाट गत बैशाख ३० गते सम्म स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए ।

प्रहरीले सम्बन्धित दोषीलाई छाडेर गाडीलाई मात्र नियन्त्रणमा लिने देखिएपछि सबै अनुसन्धान गर्नु पर्ने माग गर्दै स्थानीयले रोकेको प्रत्येक्षदर्शी एक युवाले बताए । गाडीको अगाडि र पछाडि दुबैतर्फको नम्बर प्लेट समेट राम्रोसँग नबुझिने अवस्थामा भेटिएको स्थानीय विजय थापाले जानकारी दिए ।

प्रहरीले घटनाको पुष्टि गर्दै कुन प्रयोजनका लागि गाडीमा मदिरा राखिएको थियो भन्नेबारे छानविन भैरहेको जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  ४ : ५९ बजे

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको